logo
२०८१ बैशाख ८ शनिवार



विष्फोटमा घाइते प्रहरी निरीक्षकको मृत्यु, मृत्यु हुनेकाे संख्या तीन

पढ्नै पर्ने |





धनुषा समाचारदाता
धनुषा, मङ्सिर २८ गते । धनुषाको छिरेश्वरनाथ नगरपालिका ५ महेन्द्रनगर बजार नजिक भएको बम विष्फोटनमा घाइते प्रहरी निरीक्षक अमिरकुमार दाहालको उपचारको क्रममा मृत्यु भएको छ ।
गए राती भएको विष्फोटमा कोखामा छर्रा लागेर गम्भीर घाइते भएका दाहालको अस्पतालमा उपचारका क्रममा मृत्यु धनुषाका प्रहरी उपरीक्षक शेखर खानालले जानकारी दिनुभयो ।

महेन्द्रनगर बजारबाट उत्तरपूर्वतर्फ पर्ने कुचाइ टोलमा राजेश साहको घर बाहिर पोलमा राखिएको बम गएराति विष्फोट हुँदा राजेश र उनको छोरा आनन्दको मृत्यु भएको थियो ।

सो घटनामा प्रहरी निरीक्षक दाहाल र प्रहरी जवान रिजनाथ कुमार महतो घाइते भएका थिए । दाहाललाई शनिबार बिहान ६ः४० मा चिकित्सकले मृत घोषणा गरेका थिए ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?