logo
२०८१ बैशाख ८ शनिवार



बैतडीमा हिमपात, बाटो अवरुद्ध

पढ्नै पर्ने |


बैतडीमा हिमपात, बाटो अवरुद्ध


गोकर्ण दयाल

बैतडी, मङ्सिर २७ गते । शुक्रबार विहानैदेखि बैतडीका अधिकाशं ठाउँमा हिमपात सुरु भएको छ । हिमपातले बैतडी–बझाङको यातायात अवरुद्ध भएको छ ।

शुक्रबार बिहान बैतडीको खोड्पे, दुदिलाखान, श्रीभावर र अनारीखोलीमा बाक्लो हिमपात सुरु भएको छ । हिमपातका कारण बैतडीको खोड्पेबाट बझाङ जाने यातायातका साधन ठप्प भएको उग्रतारा यातायात प्रलिका कोषाध्यक्ष हरिशकिरण बिष्टले जानकारी दिनुभयो ।

‘शुक्रबार विहान ८ः०० बजेदेखि खोड्पेमा बाक्लो हिमपात सुरु भएको छ । एक फिट जति हिँउ परेको छ । यातायात चल्न सकेको छैनन् । लामो तथा छोटो दूरीका सवारी साधन चल्न नक्दा यात्रुहरु खोड्पेमै रोकिएका छन् । चिसो निकै बढेको छ’ बिष्टले भन्नुभयो ।

बाटो खोल्ने यान्त्रिक कार्यालय एक वर्षदेखि बाटोमै अलपत्र
हिमपात, वर्षा र पहिरोले सुदूरपश्चिमका पहाडी जिल्लाको यातायात अबरुद्ध भएमा बाटो सुचारु गर्न बैतडीको अनारखोली पठाईएको यान्त्रिक कार्यालय एक वर्ष बितिसक्दा पनि बैतडी पुग्न सकेको छैन ।

संघीय सरकारले एक वर्ष अघिनै बैतडीको अनारखोलीमा स्थापना गर्न पठाएको यान्त्रिक कार्यालय अहिलेसम्म बैतडी पुग्न नसकेको यातायात व्यवसायीले बताएका छन् । संघीय सरकारले डोटीको बुडमा रहेको यान्त्रिक कार्यालय बैतडीको अनारखोली पठाउने निर्णय गरेर परिपत्र गरे पनि उक्त कार्यालय एक वर्षसम्म बाटोमै अलपत्र परेको छ ।

कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका सडक हेर्दै आईरहेको संघीय सडक अनुगमन तथा सुपरीवेक्षण कार्यालय सुर्खेतको लापरबाहीले यान्त्रिक कार्यालय बैतडी आउन नसकेको यातायात व्यावसायीले गुनासो गरेका छन् । पहाडी जिल्लाको बाटो अबरुद्ध भए यान्त्रिक कार्यालय गोदावरी र बुडरबाट बाटो खोल्ने उपकरण ल्याएर बैतडी पुग्न एक दिन लाग्ने गरेको छ ।

यो विषयमा बुझ्न खोज्दा संघीय सडक अनुगमन तथा सुपरीवेक्षण कार्यालय सुर्खेतका प्रमुख धनश्याम गौतम सम्पर्कमा आउन चाहनुभएन ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?