logo
२०८१ बैशाख ८ शनिवार



दुर्घटनामा ११ घाइते, तीनको अवस्था गम्भिर

खुला |


दुर्घटनामा ११ घाइते, तीनको अवस्था गम्भिर


बागलुङ,मङसिर २२ । बागलुङमा भएको जीप दुर्घटना११ यात्रु घाइते भएका छन । आइतबार बागलुङको हुग्दिशिर बराहाकोटदेखि बरेङ जादै गरेको ध १ ज १८३ नम्बरको पिकअप जीप दुर्घटना हुदा ११ जना यात्रु घाइते भएका छन । घाइते मध्ये तीन जनाको अवस्था गम्भिर रहेको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ ।

घाइतेको हुदिशिर स्वास्थ्य चौकीमा उपचार भईरहेको छ । यात्रुहरु बरेङ गाउपालिका–२ बराहाकोट स्थित पुनहरुको कुल पूजामा सहभागी भएर फर्किदै गर्दा दुर्घटनामा परेका थिए । गत मंगलबार कुल पुजाकै लागि हिडेको जीप बडीगाड गाउँपालिका–७ भीङगिठेको घोपर्नामा दुर्घटना हुदा १५ यात्रुको मृत्यु भएको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?