logo
२०८१ बैशाख १३ बिहीवार



अटो पल्टिँदा पाँचको मृत्यु ,एक गम्भीर घाइते   

पढ्नै पर्ने |


अटो पल्टिँदा पाँचको मृत्यु ,एक गम्भीर घाइते   
तस्बिर सभार : अादर्स खबर


चितवन, मङ्सिर २१ गते
राप्ती नगरपालिका–५ मा आज साँझ अटो दुर्घटना हँुदा पाँच जनाको मृत्यु भएको छ भने एक घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारीअनुसार सो नगरपालिका–४ चेपाङमार्गबाट भण्डारातर्फ आउँदै गरेको ना१ह ६४०९ नंको अटो राप्ती–५ डुम्रेखाडी पुल नजिक अनियन्त्रित भई पल्टिएको थियो ।    
    
अटो पल्टिँदा अटोमा सवार पाँचको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता एकनारायण कोइरालाले जानकारी दिनुभयो । मृत्यु हुनेमा पर्वतको कुश्मा नगरपालिकाको पिपलटारीका ३५ वर्षीय श्यामप्रसाद तिवारी रहेका छन् अन्यको भने नाम र ठेगाना खुल्न सकेको छैन । एक २६ वर्षीय पुरुषको पुरानो मेडिकल कलेजमा उपचार भइरहेको छ । उनको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।    
    
घाइते भई उपचारका लागि ल्याइएकामध्ये तीनको पुरानो मेडिकल कलेजमा र अन्य दुईको भरतपुर अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।    

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?