logo
२०८० चैत्र १६ शुक्रवार



गोपीले दिलाए नेपाललाई ३७ औं स्वर्ण

खुला |
खेलकुद |


गोपीले दिलाए नेपाललाई ३७ औं स्वर्ण
तस्विरः सागर बस्नेत



गोरखापत्र अनलाइन 
काठमाडौं,२० मंङसिर । धावक गोपीचन्द्र पार्कीले १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत पुरुष पाँच हजार मिटर दौडमा स्वर्ण जित्नु भएको छ । यो नेपालले जितेको ३७ औं स्वर्ण हो । पाँच हजार मिटर दौडमै नेपालकै हरिकुमार रिमालले काँस्य पदक जित्नु भएको छ ।
गोपीले पाँच हजार मिटरको दुरी १४ मिनेट ५४.२० सेकेन्डमा पूरा गर्दै प्रथम स्थान हासिल गर्नुभयो । भारतका सुनिल दवारलाई करिब १ सेकेन्डले पछाडी पारेर गोपीले स्वर्ण पदक जित्नु भयो । नेपालका हरिकुमार रिमालले १४ मिनेट ५७.०५ सेकेन्डमा दौड पूरा गर्दै कास्य पदक जित्नु भयो ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?