logo
२०८१ बैशाख ८ शनिवार



साग पदक तालिकामा नेपाल पहिलो, भारत दोस्रो र श्रीलङ्का तेस्रो

पढ्नै पर्ने |
खेलकुद |


साग पदक तालिकामा नेपाल पहिलो, भारत दोस्रो र श्रीलङ्का तेस्रो


गोरखापत्र अनलाइन
काठमाडौं, मङ्सिर १७ गते । तेह्रौं दक्षिण एसियाली खेलकुद(साग)को तेस्रो दिन नेपालले आठ स्वर्ण पदक जितेको छ । पहिलो दिन १५ स्वर्ण जितेको नेपालले दोस्रो दिन तेक्वान्दोमा २, कराँतेमा २, ऊसुमा २, एथ्लेटिक्समा १ र ड्वायथलनमा १ गरी ८ स्वर्ण जितेर कुल स्वर्ण संख्या २३ पुर्याएको छ ।
दोस्रो दिनको खेल सकिदासम्म सागका लागि निर्धारित ३२४ मध्ये ५२ स्वर्णको पदकको परिणाम आइसकेको छ । नेपालले सर्वाधिक २३ स्वर्णसहित तेह्रौं सागमा पदक तालिकामा शिर्ष स्थानमा यथावत रहेको छ । नेपालले ९ रजत र १२ कास्य गरी कुल ४४ पदक जितेको छ ।
दोस्रो स्थानमा रहेको भारतले १५ स्वर्ण जितेको छ । भारतले १६ रजत र ९ कास्य गरी कुल ४० पदक जितेको छ । तेस्रो स्थानमा श्रीलङ्का उक्लेको छ । उसले पाँच स्वर्ण, १४ रजत र २७ कास्य गरी कुल ४६ पदक जितेको हो ।
पहिलो दिनको खेलमा दोस्रो स्थानमा रहेको पाकिस्तान भने पदक तालिकामा चौथो स्थानमा झरेको छ । उसले चार स्वर्ण, ११ रजत र १२ कास्य गरी कुल २७ पदक जितेको छ । बङ्गलादेश भने पाकिस्तान जत्तिकै चार स्वर्ण जितेपनि चार रजत मात्रै जित्न सकेको छ ।
कुल पदक पाकिस्तानभन्दा बढी ल्याएपनि बङ्गलादेश २८ पदकसहित पाँचौं स्थानमा छ । माल्दिभ्सले आफ्नो पदक तालिकामा एक स्वर्ण मात्रै जोड्न सकेको छ । भुटान भने तीन कास्यसहित पदक तालिकाको पुछारमा छन् ।

पहिलो दिन नेपालले कराँते र तेक्वान्दोमा सामान सात सात तथा ट्रायथलनमा एक गरी कुल १५ स्वर्ण पदक जितेको थियो ।
तेक्वान्दो स्पर्धामा वीरबहादुर महराले ६८ किलो मुनिको तौल समूहमा पाकिस्तानका महम्मद फहिमलाई ४१–३६ अङ्कले पराजित गर्दै स्वर्ण पदक जित्नुभयो । ४६ किलो मुनि तौल समूहमा काजल श्रेष्ठले स्वर्ण जितेर तेक्वान्दोमा नेपालको स्वर्ण संख्या ९ पुर्याउनुभयो ।
ड्वायथोलनमा हिमाल टमाटाले स्वर्ण पदक जित्नुभयो । उसु थाउलोमा विजय सिञ्जाली र सुस्मिता तामाङले स्वर्ण पदक जित्नुभयो । एथ्लेटिक्समा १० हजार मिटरको दौडमा सन्तोषी श्रेष्ठले भारतकी कविता यादबलाई मिलिसेकेण्डको अन्तरले पराजित गर्दै स्वर्ण पदक जित्नुभयो ।
त्यसैगरी, मङ्गलबार कराँतेमा ६७ किलो तौल समूहमा नवीन रसाइली र ६८ किलो तौल समूहमा सुनिता महर्जनले स्वर्ण पदक दिलाउनुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?