logo
२०८१ बैशाख १२ बुधवार



२२ उम्मेदवार जसले आफ्नो मत आफैँलाई दिएनन्

पढ्नै पर्ने |
राष्ट्रिय |


२२ उम्मेदवार जसले आफ्नो मत आफैँलाई दिएनन्


नारद गौतम
काठमाडौं, मङ्सिर १७ गते । निर्वाचनमा कुनै पनि पदको उम्मेदवार हुन समर्थक र प्रस्तावकको समर्थन आवश्यक पर्दछ । यसको अर्थ उससँग कम्तीमा तीन मत सुरक्षित छ । फेरि उसका घर परिवार, इष्टमित्र र छिमेकी पनि पक्कै हुन्छन् ।
अचम्म त के भने मङ्सिर १४ मा सम्पन्न उपनिर्वाचनमा आफ्नो मत आफैँलाई नदिने उम्म्दवार २२ जना भेटिए भने एक मत मात्रै पाउनेको संख्या १० छ । शून्य मत पाउनेहरुमा सबै स्थानीय तहका उम्मेदवार छन् । ती उम्मेदवारहरुमा सिराहको कल्याणपुरका वडा अध्यक्षका उम्मेदवार गौरी शंकर यादव, श्यामबाबु दास, सूर्यनारायण राय, हेबु मुखिया, महोत्तरीको बलवा नगरपालिकाको वडा अध्यक्षमा उम्मेदवार भएका सवोध साह, वालवा नगरपालिकाका रामचन्द्र महतो कोइरी, रामवृक्ष सहनी मलाह, सुरेश महतो कोइरी, सोगिन्द्रर महतो छन् ।
निर्वाचन आयोगका प्रवक्ता राजकुमार श्रेष्ठका अनुसार, महोत्तरी जिल्लाको मटिहानी नगरपालिका थारुक सेक, सहदेव ठठेरी, सर्लाही जिल्लाको हरिपुर्वा नगरपालिकाको वडा अध्यक्ष पदका उम्मेदवार मनोजकुमार यादव, मनोजकुमार रायले शून्य मत पाउनुभएको छ ।
यसैगरी, रौतहट गढीमाई नगरपालिका नथुनी पासवान, विनय साह तेली, सकुर मियाँ, हविब राय भाट, बारा जिल्लाको बारागढी नगरपालिका नरेश पासवान, कपिलवस्तु शिवराज नगरपालिकाको वडा अध्यक्ष पदका उम्मेदवार नूर मोहम्मद मोनीहार, मोहम्मद रफिक मोनिहार, शिवनारायण कुर्मी, शिव भक्त ठाकुर (नाउ), शिवलाल यादवले पनि आफूलाई आफ्नो मत नदिएको पाइएको छ ।
प्रतिनिधिसभा सदस्यका लागि कास्की जिल्लाको क्षेत्र नम्बर २ मा भएको उपनिर्वाचनमा दुई जना स्वतन्त्र उम्मेदवार ६६ वर्षका उमनाथ गौतम र यज्ञप्रसाद पगेनीलेले एक एक मत प्राप्त गर्नुभएको छ । यस्तै, अन्य सात जना उम्मेदवारले ४ देखि ११ मतसम्म मत पाएका छन् ।
यस क्षेत्रमा १० जना स्वतन्त्र उम्मेदवार चुनावी मैदानमा थिए र कुनै पनि स्वतन्त्र उम्मेदवारले एक सय मत पाउन नसकेको पाइयो ।
यसैगरी, प्रदेशसभा सदस्यतर्फ भक्तपुर जिल्लाबाट स्वतन्त्र उम्मेदवार ३२ वर्षका सुजाता देउजाले एक मत मात्रै पाउनुभएको छ । यसैगरी, २ मत मात्रै पाउने उम्मेदवारहरुमा भक्तपुरबाटै उम्मेदार बन्नु भएका नेपाली कांग्रेस (बीपी) का उम्मेदवार मधसुदन न्यौपाने र दाङ्बाट उम्मेदवार बन्नु भएका दिपककुमार धिताल, स्वतन्त्र उम्मेदवारहरु कृष्णराम पोतराम पोतामाहा, गोविन्द के.सी. रहेको आयोगले जनाएको छ । जम्मा १० मत पनि प्राप्त गर्न नसक्ने प्रदेशसभाका सदस्यका उम्मेदवारको संख्या १५ रहेको छ ।
स्थानीय तहका लागि भएको उपनिर्वाचनमा पाँचथर जिल्लाको फिदिम नगरनगरपालिका वडा १ मा वडाअध्यक्ष पदमा राष्ट्रिय प्रजातन्त्र पार्टी (लोकतान्त्रिक) का उम्मेदवार २४ वर्षका जानुका थामसुङ्हाङ्, सुनसरी जिल्लाको धरान उपमहानगरपालिकाको प्रमुख पदका ३९ वर्षका उम्मेदवार दिनेश श्रेष्ठ, खोटाङ साकेला गाउँपालिका वडा नं. ३ का वडा अध्यक्षका राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार वर्ष ४० इन्द्रबहादुर खड्का, सप्तरी जिल्लाको छिन्नमस्ता गाउँपालिका वडा नं. ७ का वडा अध्यक्षमा स्वतन्त्र उम्मेदवार वर्ष ३० का धीरेन्द्रकुमार यादवले एक एक मत मात्रै प्राप्त गरेका छन् ।
यसैगरी, महोत्तरी जिल्लाको पिपरा गाउँपालिकाको अध्यक्ष पदका स्वतन्त्र उम्मेदवार वर्ष ७९ का पुनीत अधिकारी, सोही जिल्लाको बलुवा नगरपालिका वडा नं. २ का स्वतन्त्रहरु उम्मेदवार वर्षका ३६ वर्षका हेमन्तकुमार साह, बलुवा नगरपालिका वडा नं. ८ कै वडा अध्यक्ष २५ मिसरी मण्डल र रामदेवीन महतोले पनि आफ्नो मात्रै मत पाएका छन् । उता गुल्मी जिल्लाको रुरु गाउँपालिका वडा नं. ६ का स्वतन्त्र उम्मेदवार मनबहादुर पचभैयाले आफ्नो मात्रै मत पाएका छन् । स्थानीय तहमा १० मतभन्दा कम पाउने उम्मेदवारको संख्या ९१ जना रहेको छ । उपनिर्वाचनमा सरदर १.६१ प्रतिशत मत बदर भएको आयोगले जनाएको छ ।


यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?