logo
२०८० चैत्र १६ शुक्रवार



कराँते कुमुतेमा लक्ष्मण तामाङको स्वर्ण

पढ्नै पर्ने |
खेलकुद |


कराँते कुमुतेमा लक्ष्मण तामाङको स्वर्ण


गोरखापत्र अनलाइन
काठमाडौं, मङ्सिर १६ गते । नेपालले तेह्रौं दक्षिण एसियाली खेलकुद(साग)मा कराँते विधामा अर्को स्वर्ण पदक जितेको छ । कराँतेको कुमुतेमा ५५ किलो तौल समूहमा लक्ष्मण तामाङ्ले स्वर्ण पदक दिलाउनुभएको हो ।
सातदोबाटोमा जारी कराँते विधाका खेलहरुमध्ये कुमुते पुरुषतर्फ लक्ष्मण तामाङ्ले बङ्गलादेशका मोहम्मद मुस्तफालाई १–० को अन्तरले पराजित गर्नुभयो । तामाङ्को जितसँगै नेपालले कराँतेमा चौथो स्वर्ण हात पारेको हो । नेपालले एकल काता पुरुष, टिम काता महिला र पुरुष दुबैमा स्वर्ण पदक जितेको हो । एकल महिला कातामा भने नेपालले रजत पदक जितेको थियो ।
कराँते पुरुष तर्फ एकल कातामा मण्डेकाजी श्रेष्ठले साग उद्घाटनको भोलीपल्ट बिहानै स्वर्ण पदक जिताएर नेपाललाई सागमा पहिलो स्वर्ण दिलाउनुभयो । त्यसअघि चञ्चला दनुवारले कराँते एकल कातामा रजत पदक दिलाएर सागमा नेपाललाई पहिलो पदक दिलाउनुभएको थियो । लगत्तै कमल श्रेष्ठले तेक्वान्दो पुम्सेमा स्वर्ण पदक जितेर नेपाललाई दोस्रो स्वर्ण दिलाउनुभयो ।
काठमाडौंमा एकपछि अर्को स्वर्ण पदक आउने क्रम जारी रहँदा पोखरामा सम्पन्न ट्रायथलोनमा सोनी गुरुगङ्ले स्वर्ण पदक जित्नुभयो । यो नेपालको तेस्रो स्वर्ण पदक थियो ।
तेक्वान्दो पुम्से १७–२३ वर्ष उमेर समूहमा सिना मादेन लिम्बुले स्वर्ण जित्नुहुँदै नेपाललाई स्वर्णको संख्या चार बनाउनुभयो । कराँते टिम काता पुरुष विधामा नेपालले जित हात पार्दै स्वर्ण पदकको संख्या पाँच पुग्यो । कराँते टिम काता महिलामा स्वर्ण पदक जितेर नेपालले छैठौं स्वर्ण हात पार्यो । तेक्वान्दो पुम्से २३–२९ वर्ष उमेर समूहमा पार्वती गुरुङले स्वर्ण जितेर नेपालको स्वर्ण संख्या सात पुर्याउनुभयो ।
लक्ष्मण तामाङ्ले आठौं तथा आयशा शाक्यले आठौं स्वर्ण पदक दिलाएर नेपालको स्वर्ण पदकको संख्या आठ पुर्याउनुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?