logo
२०८० चैत्र १६ शुक्रवार



झुलाघाट सीमा नाका चार दिन बन्द हुने

प्रदेश |


झुलाघाट सीमा नाका चार दिन बन्द हुने


बैतडी, मंसिर ६ गते । पश्चिम नपोलको चल्तीको पुरानो सीमा नाका झुलाघाट चार दिन बन्द हुने भएको छ ।

भारतमा हुन लागेको विधानसभाको उप निर्वाचनलाई ध्यान दिएर सुरक्षा संवेदशीलताका कारण झुलाघाट नाका चार दिन बन्दले दुबै देशका जिल्ला प्रशासन कार्यालयले सूचना जारी गरेका छन् ।
जारी सूचना अनुसार मंसिर ६ गते साँझ ५ः०० बजेदेखि मंसिर ९ गते साँझ ५ः०० बजेसम्मका लागि सीमा नाका सिल हुने छ ।

भारतमा यही मंसिर ८ गते अर्थात नोभेम्बर २५ तारिखका दिन विधानसभाको उपनिर्वाचन हुँदै छ । सुरक्षा संवेदनशिलता कारण जिल्ला अधिकारी, पिथौरागढबाट निर्वाचन समाप्त पूर्व ७२ घण्टाका लागि सीमा नाका बन्द हुने पत्र प्रप्त भएको जिल्ला प्रशासन कार्यालय बैतडीका निमित्त प्रमुख जिल्ला अधिकारी लोकेन्द्रसिह नेगीले बताउनुभयो ।

निमित्त प्रजिअ नेगीले भन्नुभयो, झुलाघाट सीमा नाका ७२ घण्टासम्म बन्द हुने छ । सुत्केरी लगायत बिरामीको उपचार जस्ता आवश्मिक कुनै कारण परे आपसी समझदारीमा सीमा नाका खोल्न सकिने छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?