logo
२०८१ बैशाख ७ शुक्रवार



सुनको भाउ घट्यो

अर्थ |


सुनको भाउ घट्यो


गोरखापत्र अनलाइन

काठमाडौं, मंङसिर ५ गते । निरन्तर रुपमा उकालो लागेको सुनको मूल्य साताको पाँचौ दिन बिहीबार आईपुग्दा घटेको छ । साताको सुरुवातदेखि सुनको मूल्यमा उकालो लाग्ने क्रम बुधबार समेत निरन्तरता पाएपनि बिहीबार सुनको मूल्यमा केही गिराबट आएको हो । निरन्तर बृद्धि भएको सुनको मूल्यमा बिहीबार केही गिरावट आएको हो ।

नेपाल सूनचाँदी व्यवसायी महासंघले बिहिबार सार्वजनिक गरेको सुनको मूल्य बुधबारको मूल्यमा तोलामा एक सय रुपियाले घटेको हो । नेपाल सूनचाँदी व्यवसायी महासंघले जारी गरेको बिहिबारको दररेट छापवाला सून प्रतितोला ७२ हजार रहेको छ । बुधबार छापवाला सुन ७२ हजार एक सयमा कारोबार भएको थियो । बुधबार तेजाबी सुन प्रतितोला ७१ हजार आठ सयमा कारोबार भैरहेकोमा बिहीबार तोलामा एक सयले गिरावट भएको हो । चाँदी प्रतितोला आठ सय ६० मा रुपिया प्रतितोला कारोबार भैरहेको हो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?