logo
२०८१ बैशाख ७ शुक्रवार



अध्ययन र रोजगारीका लागि विदेश गइरहनुपर्दैन - सहउपकुलपति स्टिले

शिक्षा |


अध्ययन र रोजगारीका लागि विदेश गइरहनुपर्दैन - सहउपकुलपति स्टिले


गोरखापत्र समाचारदाता

काठमाडौँ, मङ्सिर ४ गते । बेलायतको वल्भरह्याम्टन विश्वविद्यालयका सहउपकुलपति टिम स्टिलेले अध्ययन र रोजगारीका लागि विदेश गइरहनु नपर्ने बताउनुभएको छ ।

हेराल्ड कलेजले वुधबार आयोजना गरेको दीक्षान्त समारोहलाई सम्बोधन गर्दै उहाँले मुलुक बनाउन मुलुकमै रोजगारी सिर्जना गर्नुपर्ने बताउनुभयो ।

उहाँले उच्च शिक्षा आर्जन गर्नुमात्र महत्वपूर्ण नहुने उल्लेख गर्दै दक्षता हासिल गर्न सकेमात्र मुलुकको विकासमा सहयोगी बन्न सकिने धारणा व्यक्त गर्नुभयो ।

सो कलेजका सञ्चालक सुलभ बुढाथोकीले नेपालभित्रै अवसर भएकाले विदेश पलायन भइरहनु आवश्यक नरहेको बताउनुभयो । उहाँले नेपालमै उच्च शिक्षा आर्जन गरी स्वदेशमै बसेर मुलुक बनाउने अभियानमा लाग्न दीक्षित विद्यार्थीहरुलाई आग्रह गर्नुभयो ।

कलेजका प्रमुख कार्यकारी अधिकृत प्रकाश श्रेष्ठले सीपसहितको शिक्षा आवश्यक रहेको बताउनुभयो । समारोहमा स्नातक तहमा कम्प्युटर विज्ञानको अध्ययन पूरा गरेका ६७ विद्यार्थी दीक्षित भए ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?