logo
२०८१ बैशाख ८ शनिवार



तस्बिरमा मन नै लोभ्याउने तिलिचो ताल क्षेत्र

पर्यटन |


तस्बिरमा मन नै लोभ्याउने तिलिचो ताल क्षेत्र
तस्बिर: सागर बस्नेत


गोरखापत्र अनलाइन

काठमाडौं, मङ्सिर ४ गते । विश्वमै सबैभन्दा बढी उचाइमा रहेको ताल मध्येको तिलिचो तालमा अहिले विदेशी तथा नेपाली पर्यटकको भीड लाग्ने गरेको छ ।

साइकल यात्रुदेखि पैदलयात्री सम्म पुग्ने यो ताल वरिपरि नीलगिरी, तिलिचो, खंग्सार तथा मुक्तिनाथ हिमाल रहेका छन् ।

मनाङ जिल्लामा समुद्र सतहभन्दा चार हजार ९१९ मिटरको उचाइमा रहेको यो तालको लम्बाइ चार किलोमिटर तथा चौडाइ १.२ किलोमिटर रहेको छ । यो तालको गहिराई २०० मिटर रहेको छ ।

लामो यात्राबाट यो तालमा पुग्ने जो कोही यहाँको मनोरम प्राकृतिक सुन्दरताबा मन्त्रमुग्ध हुने गर्छन् ।

तस्बिरमा मन नै लोभ्याउने तिलिचो ताल क्षेत्र / सागर बस्नेत

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?