logo
२०८१ बैशाख ६ बिहीवार



ट्याक्टर पल्टिँदा चालकको मृत्यु

प्रदेश |


ट्याक्टर पल्टिँदा चालकको मृत्यु


सर्लाही, कात्तिक २९ गते । सर्लाहीको दक्षिण–पश्चिम भेगमा पर्ने रामनगर गाउँपालिकामा सुक्रवार बिहान खेत जोत्दै गरेको ट्याक्टर पल्टिँदा चालकको मृत्यु भएको छ ।

रामनगर गाउँपालिका–३, खैर्बाबहुअर्वामा आफ्नै खेत जोत्दै गर्दा ना ३ त ५१९४ नम्वरको ट्याक्टर पल्टिँदा चालक सोही ठाउँका २० वर्षीय रोशन सिंहको मृत्यु भएको हो । ट्याक्टर अनियन्त्रित भई खेत छेउकै मनुसमारा नदीमा खस्दा चालक सिंहको घटनास्थलमै मृत्यु भएको ईलाका प्रहरी कार्यालय गडहीयाले जनाएको छ ।

पल्टिएको ट्याक्टरमा च्यापिएको अवस्थामा रहेको चालकको शव प्रहरी र स्थानीय मिलेर बाहिर निकालेका थिए । मृतकको शव पोष्टमार्टमका लागि सुक्रवार दिउँसो जिल्ला अस्पताल मलङ्गवा ल्याइएको सर्लाहीका प्रहरी उपरीक्षक (एसपी) गोपालचन्द्र भट्टराईले जानकारी दिनुभयो ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?