logo
२०८१ बैशाख ७ शुक्रवार



राष्ट्रपति अब्दुल हमिद भेटवार्तामा व्यस्त (फोटो सहित)

पढ्नै पर्ने |


राष्ट्रपति अब्दुल हमिद भेटवार्तामा व्यस्त (फोटो सहित)
तस्बिरः विकास द्वारे


गोरखापत्र अनलाइन

काठमाडौँ, कात्तिक २७ गते । चार दिने नेपाल भ्रमणमा आउनुभएका बंगलादेशका राष्ट्रपति अब्दुल हमिदले राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिना र नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ता गर्नुभएको छ ।

भ्रमणको दोस्रो दिन आज (बुधबार) बिहान राष्ट्रपति हमिद, अध्यक्ष तिमिल्सिना र अध्यक्ष पुष्पकमल दाहालबीच छुट्टा छुट्टै भेटवार्ता भएको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीको औपचारिक मैत्रीपूर्ण निमन्त्रणामा उहाँ ५२ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै राष्ट्रपति हमिद मंगलबार नेपाल आउनुभएको हो ।

राष्ट्रपति हमिदले नेपालस्थित समकक्षी राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटवार्ता गर्ने कार्यक्रम छ ।

राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमल्सिना नेपालको चारदिने औपचारिक भ्रमणमा रहनुभएका बंगलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिदसँग बुधबार होटल मेरियटमा शिष्टाचार भेट गर्नुहुँदै ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेपालको चारदिने औपचारिक भ्रमणमा रहनुभएका बंगलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिदसँग बुधबार होटल मेरियटमा शिष्टाचार भेट गर्नुहुँदै ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?