logo
२०८१ बैशाख १३ बिहीवार



सुनकोशी बस दुर्घटनामा मृतकको संख्या १० पुग्यो, १८ घाइते

पढ्नै पर्ने |


सुनकोशी बस दुर्घटनामा मृतकको संख्या १० पुग्यो, १८ घाइते


गोरखापत्र अनालाइन

काठमाडौं कात्तिक १७ गते । सिन्धुपाल्चोक चौतार साँगाचोक गढी नगरपालिकाका ९ सुकुटेमा भएको बस दुर्घटनामा १० जनाको मृत्यु भएको पुष्टि भएको छ । साथै घटनामा घाइते भएका १८ जनालाई उपचारका लागि धुलुखेल अस्पताल लगिएको संघीय प्रहरी कार्यालय काभ्रेका एसपी सारदाप्रसाद चौधरीले बताउनुभयो ।

दोलखाको मागादेउरालीवाट काठमाडौं आउँदै बा२ख ७२४५ नंम्बरको बस आइतबार सडकवाट सिधै सुनकोशी नदीमा खसेको थियो ।

सो बसमा ३०/४० सवार रहेको हुन सक्ने जिप्रका सिन्धुपाल्चोकका डिएसपी माधवप्रसाद काफ्लेले बताउनुभयो । हाल उद्धार जारी रहेको र मृत्यु हुनेहरुको संख्या यकिन हुन नसकेको कार्कीले जानकारी दिनुभयो ।

यो पनि पढ्नुहोस्

सुनकोशीमा बस खस्यो ! पाँचको शव निकालियो

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?