logo
२०८१ बैशाख ४ मंगलवार



अरिङगालको टोकाइबाट एकको मृत्यु

समाज |


अरिङगालको टोकाइबाट एकको मृत्यु


शिवराज ढुंगाना
अछाम, असोज १३ गते । चौरपाटी गाउँपालिका-५ लुंग्रा निवासी एक वृद्धको अरिङ्गालको टोकाईबाट सोमबार मृत्यु भएको छ ।

लुंग्रा निवासी ७८ वर्षीय विष्णुदत्त भण्डारीको उपचारका क्रममा वयलपाटा अस्पतालमा मृत्यु भएको हो ।

आइतबार दिउँसो घर नजिकै भैंसी चराउने क्रममा अरिङगालले टोक्दा सख्त घाइते भएपछि उनलाई उपचारका लागि जिल्लाकै वयलपाटा अस्पतालमा ल्याइएको थियो ।

सोही वडामा अघिल्लो महिनामा समेत अरिङगालले टोक्दा दुई घाइते भएका थिए ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?