logo
२०८१ बैशाख ७ शुक्रवार

  प्रत्यक्षदर्शी भन्छन्  



‘गाडी त्यति स्पीडमा पनि थिएन, सुरुमा भित्ता तिर लगे, गाडी ठोकिन आँटेपछि फेरि घुमाउदा सिधै खोलामा झर्यो’

पढ्नै पर्ने |


‘गाडी त्यति स्पीडमा पनि थिएन, सुरुमा भित्ता तिर लगे, गाडी ठोकिन आँटेपछि फेरि घुमाउदा सिधै खोलामा झर्यो’


ध्यान कुलुङ,

सङ्खुवासभा, असोज १ गते । सङ्खुवासभाको अक्करमा जीप दुर्घटना हुँदा विपरित दिशाबाट तरकारी लिएर आएका गाडीमा सवार यात्रुहरुले प्रत्यक्ष रुपमा देखेका थिए । उक्त गाडीमा धनकुटाबाट खाँदबारी तर्फ आईरहेकी सुशीला घिमिरेले सडकबाट सिधै नदिमा गाडी खसेको बताउनुभयो ।

विपरित दिशाबाट गाडी आईरहेकोले आफूहरुले साईड छोड्न गाडी राेक्न खोज्दा खोज्दै उक्त गाडी नदिमा खसेको उहाँले बताउनुभयो । तुलनात्मक हिसावले केही साँघुरो बाटो भएकोले विस्तारै ल्याएको र खाल्डोमा परेको गाडी निकालेर एक्कािस नदि तर्फ घुमाएको घिमिरेले बताउनुभयो । ‘गाडी त्यित स्पीडमा पनि थिएन, सुरुमा भित्ता तिर लगे, गाडी ठोकिन आँटेपछि फेरि घुमाउदा सिधै खोलामा झर्यो’, घिमिरेले भन्नुभयो । ‘सिधै खोलामा गाडी झरेपछि हत्तपत्त बाहिर निस्केर हेर्दा केही पनि देखिएन, नदि सामान्य अवस्थामा बगिरहेको देखिन्थ्यो’, घिमिरेले थप्नुभयो । घटनापछि प्रहरीलाई खबर गरेपछि सबैलाई थाहा हुन आएको प्रत्यक्षदर्शी घिमिरेले बताउनुभयो ।

यसरी गाडी नदिमा खसेपनि को कत्ति थिए भन्ने समेत जानकारी नपाएको उहाँले बताउनुभयो । गाडी खस्दै गर्दा पनि कुनै हल्ला वा आवाज नआएकोले त्यत्ति धेरै यात्रुहरु नभएको आफूहरुले अनुमान लगाएको उहाँको भनाई छ । तर विहान समाचारमा विरामी सहित ६ जना भन्ने कुरा आएपछि मात्र थाहा पाएको बताउनुभयो । आफुहरुकै आँखा अगािड दुर्घटना भएपनि केही गरेर उद्धार गर्ने अवस्था नरहेपछि प्रहरी आईपुगेर आफुहरु खाँदबारी हिडेको घिमिरेले जानकारी दिनुभयो ।

जीपसँगै नदिमा बेपत्ता भएकाहरुको खोजीको लागि गोताखोर टोली बोलाईएपनि खराब मौसमको कारण टोली आउन सकेको छैन । मौसममा सुधार आए विहिबार आउन सक्ने जिल्ला प्रसासन कार्यालयले जनाएको छ ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?