logo
२०८० चैत्र ६ मंगलवार

 अझै उडेनन् काभ्रेमा अवतरित हेलिकप्टर 



पाहुनालाई स्थानीयको घरमा सत्कार मौसम खुल्ने पखाईमा, नखुले गाडीबाट काठमाडौं पठाइने

पढ्नै पर्ने |


पाहुनालाई स्थानीयको घरमा सत्कार मौसम खुल्ने पखाईमा, नखुले गाडीबाट काठमाडौं पठाइने


मधुसुधन तिमल्सिना

काभ्रे, भदौ ३१ गते । खराब मौसमका कारण काठमाडौं जान नसकेपछि पाँचखाल नगरपालिकामा अवतरण भएका चार हेलिकप्टर अझै उडन सकेका छैनन । लुक्लाबाट अपलत्र परेका विदेशी पर्यटक लिएर काठमाडौ उडेका मनाङ्ग एयरका दुई वटा, सिम्रिक र कैलाश एयरका एक/एक वटा हेलिकप्टर अझै पाँचखालमा रोकिएका छन ।

सिम्रिक एयर काठमाडौं जान उडेको भए पनि मौसम नकुलेपछि पुनः पाँचखाल नगरपालिका वडा न ६ ढुङ्गागाउँमा आएर अवतरण भएको थियो । जिल्ला प्रहरी कार्यालय काभे्रका प्रहरी उपरीक्षक (डीएपी) दीपक गिरीले अझै हेलिकप्टर उडन नसकेको बताउनुभयो ।

सिम्रिक एयर काठमाडौं जान उडेको भएपनि जान नसकेपछि केही समय मै पाँचखाल कै ढुङ्गागाउँमा अवतरण भएको र अन्य बिहान कै स्थानमा रहेको बताउनुभयो । उक्त विमानमा १९ विदेशी पर्यटक रहेका छन भने दुई जना नेपाली चालकदल रहेका छन ।

आज विहानै पाँचखाल नगरपालिका वडा नम्वर २ जोरपाटीमा तीन वटा हेलिकप्टर आकस्मिक अवतरण गरेका थिएन भने पाँचखाल नगरपालिका २ कै हर्सेमा एक वटा हेलिकप्टर अवतरण भएको थियो ।

स्थानीयको घरमा सत्कारः मेयर खरेल

पाँचखाल नगरपालिकाका प्रमुख महेश खरेलले पर्यटकलाई सुरक्षितसँग स्थानीयको घरमा राखिएको बताउनुभयो । म उहाँहरुको सम्पर्कमा रहेको छु, टेलिफोन मार्फत प्रमुख खरेलले भन्नुभयो– हामी जनप्रतिनिधि, स्थानीय उहाँहरुलाई काठमाडौं पु¥याउने काममा लागेका छौँ ।

उहाँले सिम्रिक एयरमा रहेका पाँच जनालाई काठमाडौं पु¥याउन नगरपालिकाको गाडी पठाएको र अन्य पर्यटकले केही समय पर्खन भनेकाले कुरेको बताउनुभयो । स्थानीयको घरमा रहनुभएका विदेशी पर्यटकलाई नेपाली खानको व्यवस्था मिलाएको उहाँले बताउनुभयो ।

अहिलेपनि लगातार पानी आएको छ, हुसु, कुहिरो लागेकाले तत्काल उडन सक्ने अवस्था छैन । पाँचखाल प्रमुख खरेलले भन्नुभयो– अन्य बाँकी पर्यटकले सडकबाट जान्छु भन्ने वित्तिकै तत्काल नगरले गाडी व्यवस्थापन गरे काठमाडौं पु¥याउने छौँ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?