logo
२०८१ बैशाख ४ मंगलवार



कस्मेटिक सामग्रीको गुणस्तरप्रति सचेत हुन आग्रह

खुला |


कस्मेटिक सामग्रीको गुणस्तरप्रति सचेत हुन आग्रह


गोरखापत्र समाचारदाता

काठमाडौँ, भदौ ३० गते । पछिल्लो समय फष्टाउँदै गएको सौन्दर्य प्रसाधन सामाग्री (कस्मेटिक) को बजारसँगै यस्ता सामग्रीको गुणस्तरप्रति सचेत हुन सरोकारवालाहरुले आग्रह गरेका छन् ।
नेपाल कस्मेटिक व्यवसायी संघले राजधानीमा आयोजना गरेको ‘‘कस्मेटिक व्यवसायका समस्या, सम्भावना र चुनौति’’ विषयक अन्तरक्रिया कार्यक्रममा समयको मागसँगै भित्रिएका विभिन्न किसिमका सौन्दर्य सामाग्रीको गुणस्तरप्रति सजग रहनपर्नेु आवश्यकता औंल्याएका हुन् ।

संघका अध्यक्ष लक्ष्मीप्रसाद पौडेल (रञ्जित) ले सौन्दर्य सामाग्रीको व्यवसायमा जिम्मेवार बन्न आग्रह गर्दै सौन्दर्य सामाग्रीका उपभोक्ता बढेसँगै कमसल सौन्दर्य सामाग्रीहरु पनि बजारमा भेटिने गरेको बताउनुभयो । यस्ता कमसल र गुणस्तरहीन सामाग्रीहरुमा सिसा, मर्करी, क्रोभिएम, टिटानियम आदिको अत्याधिक अथवा चाहिने भन्दा बढी प्रयोग गरेर बनाइएको भन्दै उपभोक्तालाई सचेत हुन आग्रह गर्नुभयो ।

कमसल सामाग्रीहरुले मानिसको शरिर तथा छालामा असर गर्ने भन्दै अध्यक्ष पौडेलले भन्नुभयो – ‘सौन्दर्य सामाग्रीहरु प्रायः आयतित नै हुन्छन् । उपभोक्ताले पनि सहज रुपमा गुणस्तरीय सामाग्री पाउन सकेका छैनन् । कस्मेटिक उत्पादन गर्ने कम्पनी न्यून रहेको अवस्थामा चाइना, भारत, कोरिया, थाइल्याण्ड, अमेरिका, फ्रान्स, जर्मन, दुबई, जापानबाट सौन्दर्य सम्बन्धि सामाग्री आयत हुने गर्दछ, विशेष गरि चाइना र भारतबाट धेरै सामाग्री भित्रिने गर्दछ ।’

ब्राण्डेड सामाग्री महंगो हुने हुँदा आफ्नो स्तर अनुसारका कस्मेटिक सामाग्री प्रयोग गर्ने संख्या ठूलो रहेको भन्दै उहाँले भन्नुभयो –‘यसरी प्रयोग हुने सौन्दर्य सामाग्री र प्रयोग गर्ने तरिकाको ज्ञान नहुँदा धेरै पैसा खर्च गर्नुपर्ने वाध्यता उपभोक्ताको गुनासो रहेको छ ।’

सौन्दर्य सामाग्रीको प्रयोग गर्ने उपभोक्ताको संख्या बढेसँगै यस क्षेत्रमा लाग्ने व्यवसायी संख्या पनि बढेको भन्दै अध्यक्ष पौडेलले काठमाडौं उपत्यकामा मात्र करिब एक हजारदेखि बा¥ह सयसम्म यस व्यवसायमा लागेको जानकारी दिनुभयो । अनुमानित दशदेखि बा¥ह हजार व्यवसायीहरु सौन्दर्य व्यवसायमा लागि रहेको भन्दै उहाँले सौन्दर्य सामाग्रीहरु किराना पसल, डिपार्टमेन्ट स्टोर, सौलुन, ब्युटीपार्लर, फेन्सि स्टोर, मेडिकलबाट पनि बेच्ने गरिएको बताउनुभयो ।

दैनिक उपभोग्य सामाग्री जस्तै बनेको कस्मेटिक सामाग्रीहरुको कारोबार पनि राम्रै हुने गरेको भन्दै उहाँले प्रत्येक घरबाट वर्षमा पाँचदेखि सात हजारसम्मको सौन्दर्य सामाग्री खपत हुने गरेको बताउनुभयो । यस्ता सामग्रीको खपत शहर बजारमा तीनदेखि चार गुणाले हुने गरेको भन्दै उहाँले भन्नुभयो – ‘प्रयोगकर्ताको संख्यापनि बढी नै हुन्छ । सुन्दर हुने रहर सबैमा हुन्छ । विषेश कार्यक्रम चाडपर्व र मौसम अनुसार सौन्दर्य सामाग्रीहरु बढी प्रयोग भएका हुन्छन् । उमेर अनुसार प्रयोग हुन सौन्दर्य सामाग्रीमहिलाले मात्रनभई पुरुषहरुले पनि धेरै नै प्रयोग गर्न थालका छन् ।’

कार्यक्रममा बजारमा कम्पनीले थोरै समय डेट एक्सपायर (मिति नाघेका) वस्तुहरु बेच्दा विभिन्न किसिमका लोभ लालचा र सुविधाका स्किमहरु चलाउने गरेकोप्रति ध्यानकर्षण गर्दै व्यवसायीहरुले कतिपय व्यापारीहरु फस्दा बजारमा समान डम्पिङ हुने र त्यसलाई बेच्न नसक्दा अनुगमन संस्थाहरुको कारबाहीमा पर्ने अवस्था सिर्जना हुने गरेको बताए । बजारमा समान उत्पादन गर्दा नै त्यसको रिस्क फ्याक्टर जोडिने बताउँदै कुनै पनि व्यवसायीलाई विभिन्न आश्वासन पाएर लोभमा फस्दा पनि समस्या हुने कतिपय कम्पनीका प्रतिनिधिहरुले बताए ।

कुनै पनि समानहरु किन्दा कति समानहरु आफुकहाँ स्टक छ व्यवसायी स्वयंले नै त्यसबारेमा जानकारी हुनेपर्नेमा जोड दिंदै व्यवसायीहरुले व्यवसायीकै लापारबाहीकै कारण यो अवस्था आएको कम्पनीका सञ्चालकहरुको ठहर छ ।

तेस्रो मुलुकबाट आयात गरिने कस्मेटिक सामानहरुमा एक्सपाइरी डेटसम्म र एमआरपी पनि नहुने गरेको छ । वाणिज्य विभागबाट बजारमा अनुगमन गरिँदा वस्तुहरुको वस्तुको उत्पादन मिति, समय, ब्याच नम्बर र एमआरपी हुनुपर्ने भन्दै आएको छ । जुन जुन कम्पनीको समानहरु आयात गरिएको छ त्यसमा ध्यान दिनुपर्ने हुन्छ । तथापि कपडा र कस्मेटिकलाई नेपाल सरकारले अनिवार्य रुपमा एमआरपी राख्न नपर्ने बताएको तर, वाणिज्य विभागले चाहिँ उल्टो गरको सहभागिहरुको गुनासो थियो ।

कस्मेटिक उत्पादक कम्पनी, आयातकर्ता, व्यवसायी तथा सरोकारवाला समेत गरी एक सयभन्दा बढी सहभागीहरुको उपस्थिती रहेको सो कार्यक्रममा कस्मेटिक क्षेत्रमा रहेका समसामयिक विषयवस्तुका बारेमा विस्तृत छलफल भएको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?