logo
२०८० चैत्र १५ बिहीवार



मलेसियासँगको श्रम समझदारी कार्यान्वयनमा

पढ्नै पर्ने |


मलेसियासँगको श्रम समझदारी कार्यान्वयनमा


सीता शर्मा

काठमाडौ, भदौ २६ गते । नेपाल र मलेसिया सरकारबीच यसअघि भएको द्धिपक्षीय सम्झौता अनुरूप नेपाली श्रमिक मलेसियामा लैजाने गरी विहीबार सहमति भएको छ । मलेसियास्थित कोलाम्बपुरमा तीन दिनसम्म दुई देशका प्राविधिक समितिको बीच लगातार भएको बैठकले सो विषयमा सहमति जुटाउन सफल भएको हो ।
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सहसचिव डा. रामप्रसाद घिमिरेको नेतृत्वमा बैठकका लागि गएको टोलीले तीन दिन लामो गहन छलफलपछि सो बारेमा सहमति जुटाउन सफल भएको छ ।
बैठकको नेतृत्व गर्दै मलेसिया रहनुभएका सहसचिव घिमिरेले गोरखापत्रसँगको कुराकानीमा यसअघि भएको सम्झौता अनुसार नै शून्य लागतमा नेपाली श्रमिक मलेसियाले लिने सहमति भएको जानकारी दिनुभयो । नेपाल र मलेसिया सरकारबीच गत कात्तिक १२ गते शून्य लागतमा नेपाली श्रमिक लैजानेबारे सहमति भएको थियो ।
सहमतिपछि बाँकी रहेका विषयलाई टुंगो लगाउन दुबै देशमा प्राविधिक समति गठन गरिएको थियो । ती समितिको चरण चरणमा बैठकपछि बल्ल यस विषयमा अन्तिम टुंगो लागेको नेपालको तर्फबाट प्राविधिक समितिका संयोजकसमेत रहनु भएका घिमिरेले जानकारी दिनुभयो ।
मलेसिया रोजगारी खुलाउन मङ्गलबारदेखि मलेसियामा वार्ता जारी थियो । तीन दिनसम्मको वार्तामा केके सहमति भयो भन्ने बिषयमा कुनै कुरा सार्वजनिक गरिएको थिएन ।
अघिल्लो बर्ष जेठ २ गतेदेखि बन्द रहेको मलेसिया रोजगारी खुलाउन मलेसियन उच्च अधिकारीसहित नेपालका तर्फबाट श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सहसचिव रामप्रसाद घिमिरेको नेतृत्वमा परराष्ट्र र कानुन न्याय तथा संसदीय मन्त्रालयका प्रतिनिधिसहितको टोलि गत सोमबार मलेसिया गएको थियो ।

दुई देश बीचका प्रतिनिधि सहभागी भएको बैठकबाट मलेसियाको रोजगारीको ढोका खुला भएको हो । दुई देशको सहमतिसंगै अब नयाँ श्रमिकले बैदेशिक रोजगारीका लागि मलेसिया जाने बाटो समेत खुला भएको छ । मलेसिया र नेपाल बीच भएको पछिल्लो सहमतिको बिषयमा थप जानकारी केहिबेरमा आउने छ ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?