logo
२०८० चैत्र १६ शुक्रवार



सत्तामा हुँदा एमसीसी अघि बढाउनेले अहिले विरोध गर्नुको अर्थ छैन : प्रधानमन्त्री

मुख्य समाचार |


सत्तामा हुँदा एमसीसी अघि बढाउनेले अहिले विरोध गर्नुको अर्थ छैन : प्रधानमन्त्री
फोटो : प्रधानमन्त्री देउवाका प्रेस प्रमुख गोविन्द परियारको फेसबुकबाट ।


काठमाडौंं, फागुन ३० गते । प्रधानमन्त्री शेरबहादुर देउवाले सत्तामा हुँदा अमेरिकी मिलेनिअम च्यालेन्ज कर्पोरेशन (एमसीसी) अघि बढाउनेहरुले अहिले विरोध गर्नुको अर्थ नरहेको बताउनुभएको छ ।

सोमबार नुवाकोटको किस्पाङ गाउँपालिकाको प्रशासनिक भवन उद्घाटन कार्यक्रमलाई सम्बोधन गनुहुँदै प्रधानमन्त्री देउवाले केपी शर्मा ओली प्रधानमन्त्री हुँदा संसदमा पेश भएको प्रस्ताव नै अहिले पारित भएको बताउनुभयो ।
उहाँले नेकपा (एमाले)क सांसद् भीम रावलप्रति असन्तुष्टि पोख्दै सत्तामा हुँदा एमसीसी अघि बढाउनेहरुले अहिले विरोध गर्नुको अर्थ नरहेको बताउनुभयो हो ।

‘केपी ओलीले पेश गर्नुभएको प्रस्ताव पास हुँदा भीम रावलको टाउको किन दुख्यो ? रक्षामन्त्री भएर सरकारमा बस्दा एमसीसीबारे थाहा थियो कि थिएन ? एमसीसी खराब थियो भने त्यसबेला मन्त्रीबाट राजीनामा किन नदिएको ?’ प्रधानमन्त्री देउवाले भन्नुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?