logo
२०८० चैत्र १६ शुक्रवार



सेती प्राविधिक शिक्षालयका प्रमुखमाथि छानबिन सुरु

प्रदेश |


सेती प्राविधिक शिक्षालयका प्रमुखमाथि छानबिन सुरु
फाइल तस्बिर


डोटी, माघ १४ गते । पुरानो क्षेत्रीय सदरमुकाम दिपायलस्थित जोगिडाब्रेमा रहेको सेती प्राविधिक शिक्षालयका प्रमुख वीरेन्द्रबाबु यादवमाथि छानबिन सुरु भएको छ । कुखुरा व्यवसायीसँग रकम माग गरेको अडियो सार्वजनिक भएपछि उहाँमाथि प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद्ले छानबिन सुरु गरेको सेती प्राविधिक शिक्षालयका शिक्षक तीर्थराज अवस्थीले जानकारी दिनुभयो ।

शिक्षालय प्रमुख यादवलाई परिषद्ले जिम्मेवारीबाट हटाएको छ । छानबिन सुरु भएकाले उहाँलाई शिक्षालयको प्रमुखबाट हटाएको बताइएको छ । यहाँ अध्ययनरत विद्यार्थीलाई कुखुरापालनबारे सिकाउन शिक्षालयले ५०० चल्ला खरिद गरेको थियो । कुखुराका चल्ला पठाउने व्यवसायीसँग फोनमा कमिशन मागेको अडियो सार्वजनिक भएपछि उहाँमाथि छानबिन सुरु भएको हो । शिक्षालयमा उहाँले पेन्टिङ, मसलन्द, भवन निर्माण, पेट्रोलियम पदार्थ, गाडी मर्मत, विद्यार्थी भर्ना, विद्यार्थी परिचयपत्र र पोशाकमा समेत आर्थिक अनियमितता गरेको आरोप लागेको छ । 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?