logo
२०८० चैत्र १६ शुक्रवार



झापामा बढी जनसङ्ख्या मेचीनगरमा

खुला |


झापामा बढी जनसङ्ख्या मेचीनगरमा


झापा, माघ १३ गते । राष्ट्रिय जनगणना २०७८ अनुसार झापाको १५ पालिकामध्ये जिल्लाको सबैभन्दा बढी जनसङ्ख्या रहेको मेचीनगर नगरपालिका भएको छ । मेचीनगरको जनसङ्ख्या एक लाख ३१ हजार ५२० भएको छ । त्यसपछि बिर्तामोड र दमकको जनसङ्ख्या बढी छ । बिर्तामोडको एक लाख १७ हजार ३५५ र दमकको एक लाख सात हजार ४१० छ ।

सबैभन्दा सानो पालिका हल्दिबारी हो जसको जनसङ्ख्या ३३ हजार ५४ छ । बुधबार सार्वजनिक भएको जनगणना रिपोर्ट अनुसार अर्जुनधारा (८४,४२९), बाह्रदशी (३७,९१६), भद्रपुर (७०,८२३), बुद्धशान्ति (५२,९११), गौरादह (६०,५९८), गौरीगञ्ज (३६,०५८), हल्दिबारी (३३,०५४), झापा (३९,३७२), कचनाकबल (३९,३७२), कमल (५३,७१०), कन्काई (५३,०८८) र शिवसताक्षी (७३,४६०) छ ।

नयाँ जनगणना २०७८ अनुसार झापाको जनसङ्ख्या ९ लाख ९४ हजार ९० छ । जसमा महिला पाँच लाख १६ हजार ५९४ र पुरुष चार लाख ७७ हजार ४९६ छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?