logo
२०८१ बैशाख ७ शुक्रवार



राष्ट्रियसभा निर्वाचन : गण्डकीमा सत्ता गठबन्धन विजयी

मुख्य समाचार |
राजनीति |


राष्ट्रियसभा निर्वाचन : गण्डकीमा सत्ता गठबन्धन विजयी


अर्जुन काफ्ले
पोखरा माघ १२ गते । राष्ट्रियसभा निर्वाचनमा गण्डकी प्रदेशमा सत्ता गठबन्धन विजयी भएको छ । निर्वाचनमा सत्ता गठबन्धनबाट महिलातर्फ नेपाली कांग्रेसका कमला पन्त विजयी हुनुभएको हो ।

पन्त तीन हजार ८४ मत ल्याएर विजयी हुनुभएको हो । नेकपा एमालेका लीला पोखरेल थनेतलाई दुई हजार सात सय २४ मत ल्याएर पराजित हुनुभयो ।

यस्तै माओवादी केन्द्रका सुरेश आले मगर खुला र दलिततर्फ भुवन सुनार विजयी हुनुभएको छ । आले मगरले एमालेका पुण्यप्रसाद पौडेललाई ४०२ मत र सुनारले एमालेका अर्जुन सुनामलाई ३०६ मतले पराजित गर्नुभयो।

आले मगरले तीन हजार ९६ र सुनारले तीन हजार ३० मत प्राप्त गर्नुभयो । एमालेका पौडेलले दुई हजार छ सय ९४ र अर्जुन सुनामले दुई हजार सात सय २४ मत प्राप्त गर्नुुभएको हो ।

गण्डकीमा निर्वाचनमा ५९ जना प्रदेश सांसद र पालिकाबाट १६८ जनाले मतदान गर्नु भएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?