logo
२०८० चैत्र १६ शुक्रवार



मन्त्रिपरिषद् बैठकका नौ निर्णय

मुख्य समाचार |
राजनीति |


मन्त्रिपरिषद् बैठकका नौ निर्णय
मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गरिदै । तस्बिर: सागर बस्ने


काठमाडौं, माघ १२ गते । माघ १० गते बसेको मन्त्रिपरिषद् बैठकले विभिन्न नौ वटा निर्णय गरेको छ । बुधबार सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले पत्रकार सम्मेलनमार्फत् मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्नुभएको हो ।

जसमा विराटनगर खानेपानी सुधार आयोजना कार्यान्वयन गर्न जापान सरकारबाट प्राप्त हुने जापानी येन २५४१ मिलियन (करिब दुई अर्ब ६१ करोड) सम्मको अनुदान सहायता स्वीकार गर्ने र नेपाल विद्युत प्राधिकरणअन्तर्गतका विभिन्न प्रसारण लाइन तथा सबस्टेशन आयोजनाको लागि जग्गा प्राप्ति गर्न स्वीकृत दिने र प्रारम्भिक कारबाही चलाउने अधिकारी तोक्ने निर्णय भएको सञ्चार तथा सूचना प्रविधि मन्त्री कार्कीले बताउनुभयो ।

यसैगरी, संगठन तथा व्यवस्थापन सर्वेक्षण पुनरवलोकनको लागि सैद्धान्तिक स्वीकृत दिने, कृषि तथा वन विज्ञान विश्वविद्यालयलाई सरकारी जग्गा लिजमा उपलब्ध गराउन स्वीकृति दिने, भोजपुर जिल्लास्थिच नेपाली सेनाको श्री फष्टराइफल गणको व्यारेक पेरिमिटरको उत्तर र पूर्वतर्फ फैलिएको स्थानीय व्यक्तिको स्वामित्वमा रहेको करिब २०–१५–०–२ रोपनी जग्गा प्राप्त गर्न स्वीकृत दिने र कञ्चनपुर र कैलालीमा एकीकृत फोहाेरमैला व्यवस्थापन प्लान्ट स्थापनार्थ कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका र कैलालीको गोखावरी नगरपालिकाको वन क्षेत्रभित्र पर्ने जग्गा प्रयोग गर्न स्वीकृति दिने मन्त्रिपरिषद् बैठकले निर्णय गरेको छ ।

विभिन्न समयमा छपाई भएका, प्रकाशन नभएका र चलनचल्तीमा ल्याउन नसकिएका हुलाक टिकट र हुलाक स्टेशनरी प्रचलनमा नल्याउने र कानुन बमोजिम नष्ट गरेर मिनाह गर्न स्वीकृति दिने, स्वास्‍थ्‍य तथा जनसङ्ख्या मन्त्रालय स्वास्थ्य बीमा बोर्डको अस्थायी दरबन्दी स्वीकृति दिने र लोकसेवा आयोग तथा बढुवा समितिको सिफारिसबमोजिम विभिन्न सेवा, समूहका राजपत्राङ्कित द्वितिय श्रेणीका अधिकृतहरुलाई सम्बन्धित सेवा समूहको राजपत्राङ्कित प्रथम श्रेणीको सहसचिव पदमा बढुवा नियुक्त तथा पदस्थापना गर्ने निर्णय सरकारले गरेको प्रवक्ता कार्कीले जानकारी दिनुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?