logo
२०८० चैत्र १५ बिहीवार



नेपालले खेल्ने टी-२० सिरिजको तालिका सार्वजनिक

क्रिकेट |
खेलकुद |


नेपालले खेल्ने टी-२० सिरिजको तालिका सार्वजनिक


काठमाडौँ, माघ ८ गते । आइसीसी टी-२० विश्वकप ग्लोबल छनोट खेलअघि नेपालले खेल्न लागेको चार टोली सम्मिलित टी-२० आई सिरिजको खेल तालिका सार्वजनिक भएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले शनिबार नेपाल, ओमान, आयरल्यान्ड र युएईगरी चार देशबीच हुने सिरिजको खेल तालिका सार्वजनिक गरेको हो ।

तालिका अनुसार नेपालले पहिलो खेल फेब्रुअरी ११ मा ओमानसँग खेल्नेछ । दोस्रो खेल १२ तारिख युएई र तेस्रो तथा अन्तिम खेल १४ तारिख टेस्ट टोली आयरल्यान्डसँग खेल्नेछ । वश्वकप छनोटअघि तयारीका लागि ओमानमा उक्त सिरिज आयोजना हुन लागेको हो । 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?