logo
२०८१ बैशाख ७ शुक्रवार



उपत्यकामा आजदेखि यातायातमा जोरबिजोर प्रणाली लागू

मुख्य समाचार |


उपत्यकामा आजदेखि यातायातमा जोरबिजोर प्रणाली लागू


गोरखापत्र समाचारदाता

काठमाडौँ, माघ ८ गते । काठमाडौँ, भक्तपुर र ललितपुरमा सञ्चालित सवारीसाधनमा शुक्रबार रातिदेखि जोर–बिजोर प्रणाली लागू गरिएको छ । काठमाडौँका निमित्त प्रमुख जिल्ला अधिकारी सुप्रभा खनाल ढुङ्गेलका अनुसार अत्यावश्यक सवारी साधनमा जोर–बिजोर प्रणाली लागू हुने छैन । बिहीबार तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीको बैठकपछि सार्वजनिक तथा निजी सवारी साधनमा जोर–बिजोर प्रणाली लागू गर्नेसहित १६ बुँदे आदेश जारी गरिएको थियो । जिल्ला प्रशासन कार्यालय काठमाडौँले शुक्रबार अर्को आदेश जारी गरी सार्वजनिक तथा निजी सवारी साधनमा जोर–बिजोर लागू हुने र अत्यावश्यक सेवाअन्तर्गतका सवारीमा नियम लागू नहुने स्पष्ट पारेको हो ।


उहाँका अनुसार औषधि र स्वास्थ्य सामग्री बोकेका साधन, एम्बुलेन्स, दमकल, शववाहन, ग्यास तथा पेट्रोल बोकेका साधनमा जोरबिजोर लागू हुने छैन । खाद्यान्न, दूध, फलफूल, तरकारी, पानी, अन्डा, माछामासु, पशुपन्छी र दाना बोक्ने गाडीमा जोर–बिजोर लागू हुने छैन । चिकित्सक, कर्मचारी, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र सार्वजनिक संस्थानका कर्मचारी, बैङ्क तथा वित्तीय संस्था, हवाई सेवा, डाँक तथा कुरियर, दूरसञ्चार सेवा प्रदायक संस्थाका कर्मचारीको हकमा पनि जोर–बिजोर लागू हुने छैन ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?