logo
२०८० चैत्र १५ बिहीवार



त्रिविका परीक्षामा स्वास्थ्य प्राेटाेकल पालना भए नभएको अनुगमन गर्न प्रधानमन्त्रीको निर्देशन

मुख्य समाचार |


त्रिविका परीक्षामा स्वास्थ्य प्राेटाेकल पालना भए नभएको अनुगमन गर्न प्रधानमन्त्रीको निर्देशन


काठमाडौं, माघ ६ गते । प्रधानमन्त्री शेरबहादुर देउवाले त्रिभुवन विश्वविद्यालयका जारी परीक्षाहरुमा सामाजिक दूरी कायम भए/नभएको र परीक्षा कोठामा स्यानेटाइजर यथेष्ट मात्रामा भए नभएको अनुगमन गर्न निर्देशन गर्नुभएको छ ।

प्रधानमन्त्रीले आज त्रिविका परीक्षा सञ्चालन भएका कलेजहरुमा अनुगमन गर्न र कोभिड प्रोटोकल पालना नभए केही हप्ता परीक्षा स्थगित गराउन निर्देशन गनुभएको छ ।
मुख्यसचिव शंकरदास बैरागीमार्फत सबै जिल्ला प्रशासन कार्यालयलाई परीक्षामा कोभिड प्रोटोकल पालना भए/नभएको अनुगमन गर्न निर्देशन गर्नुभएको प्रधानमन्त्रीकाे सचिवालयले जनाएकाे छ ।

प्रधानमन्त्रीले परीक्षा हलमा सामाजिक दूरी कायम नगरेको र स्यानेटाइजर यथेष्टमात्रामा नभएको पाइएका केही हप्ता परीक्षा स्थगित गर्ने गरी प्रक्रिया अघि बढाउन पनि मुख्यसचिवलाई निर्देशन गर्नुभएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?