logo
२०८० चैत्र १६ शुक्रवार



रुसी राष्ट्रपति पुटिन र इरानी समकक्षी इब्राहिमबीच भेट

अन्तर्राष्ट्रिय |


रुसी राष्ट्रपति पुटिन र इरानी समकक्षी इब्राहिमबीच भेट


मस्को, माघ ६ गते । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले आफ्ना इरानी समकक्षी इब्राहिम रायसीलाई भेटेर अफगानिस्तानको अवस्थाबारे आफू चिन्तित भएको र यस विषयमा छलफल गर्न चाहेको बताउनुभएको स्पुतनिकले जनाएको छ ।

‘अब अवश्य पनि तपाईं र हामी दुबै अफगानिस्तानमा विकास भइरहेको अवस्थाको बारेमा चिन्तित छौँ । म तपाईंसँग यी सबै मुद्दाहरू छलफल गर्न चाहन्छु र यस समस्यामा तपाईंको धारणा जान्न चाहन्छु,’ स्पुतनिकले पुटिनलाई उद्धृत गर्दे लेखेको छ। सो अवसरमा इरानी पक्षले भने मस्कोलाई २० वर्षको अवधिका लागि रणनीतिक सहयोग सम्झौताको मस्यौदा हस्तान्तरण गरेको छ । इरानी राष्ट्रपति इब्राहिम रायसीले मस्कोमा भ्लादिमिर पुटिनसँगको वार्तापछि बुधबार सो कुरा उल्लेख गरेको टास समाचार एजेन्सीले जनाएको छ ।

‘हामीले हाम्रा रुसी सहकर्मीहरूलाई हाम्रा देशहरूबीचको रणनीतिक सहयोगसम्बन्धी कागजात हस्तान्तरण गर्यौं,’ यसले कम्तीमा २० वर्षका लागि सहकार्यका सम्भावनाहरू निर्धारण गर्न सक्ने कुरामा विश्वासको वातावरण निर्माण गर्नेछ, रायसी भन्नुभयो ।

उहाँले तेहरान र मस्कोबीचको व्यापारको वर्तमान स्तर सन्तोषजनक नभएको भन्दै आर्थिक सहयोग बढाउन सुझाव दिनुभएको थियो ।

रायसी बुधबार औपचारिक भ्रमणका क्रममा मस्को पुग्नुभएको हो । इरानी राजनीतिज्ञले पदभार ग्रहण गरेपछि पुटिनसँगको यो पहिलो भेट हो । रायसीले बिहीबार रुसको स्टेट डुमा र मस्कोको क्याथेड्रल मस्जिदमा सम्बोधन गर्ने अपेक्षा पनि गरिएको छ ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?