logo
२०८१ बैशाख १३ बिहीवार



पाँचदलीय समन्वय समितिकाे बैठक बस्दै, स्थानीय तहकाे निर्वाचनमा केन्द्रित हुने

मुख्य समाचार |


पाँचदलीय समन्वय समितिकाे बैठक बस्दै, स्थानीय तहकाे निर्वाचनमा केन्द्रित हुने


काठमाडौं, माघ ६ गते । पाँच दलीय गठबन्धन समन्वय समिति को बैठक बिहीबार अपरान्ह बस्दैछ ।  समन्वय समितिका संयाेजक रामचन्द्र पाैडेलका अनुसार यसअघि मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा बैठकमा उठेका विषयमा पनि आज थप छलफल हुनेछ ।
यसअघिकाे बैठकमा संविधानमा व्यवस्था भए बमोजिम निर्धारित समयमै स्थानीय तहकाे निर्वाचन गर्ने विषयमा सहमति जुटेको थियोे । यी लगायतका विषयमा छलफल हुन्छ, पाैडेलले बताउनुभयो । यसैगरी,सत्ता साझेदार दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका प्रेस संयाेजक सूर्य किरण शर्माले बैठकमा स्थानीय तहकाे चुनाव, संसद लगायतका विषयमा छलफल हुने बताउनुभयो ।
बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवासहित समन्वय समितिका संयाेवक रामचन्द्र पाैडेल, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी र राष्ट्रिय जनमाेर्चाका शीर्ष नेताहरुकाे उपस्थिति रहनेछ ।
 
 
 
 
 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?