logo
२०८१ बैशाख १२ बुधवार



सर्वोच्च अदालतमा पूर्ण बैठक जारी, सेवा सञ्चालनबारे छलफल हुँदै 

मुख्य समाचार |


सर्वोच्च अदालतमा पूर्ण बैठक जारी, सेवा सञ्चालनबारे छलफल हुँदै 


काठमाडौं, माघ ४ गते । सर्वोच्च अदालतमा पूर्ण बैठक (फुलकोर्ट) जारी रहेको छ । मंगलबार दिउँसो १ बजेदेखि सुरु भएको बैठकमा कुन–कुन सेवा कति खोल्ने कति सेवा घटाउने भन्ने विषयमा छलफल हुने सर्वोच्चका सूचना अधिकारी देवेन्द्र ढकालले जानकारी दिनुभयो ।
कोरोना सङ्क्रमण तीव्र रुपमा फैलिएपछि प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराले पूर्ण बैठक बोलाउनुभएको हो । कोरोना सङ्क्रमणको तेस्रो लहर फैलिएपछि सर्वोच्चले सेवा कटौतीको गृहकार्य थालेको हो ।
अदालतका ३० जना कर्मचारीलाई कोरोना सङ्क्रमण देखिएको छ भने अन्य ३० भन्दा बढी कर्मचारीहरुमा कोरोनाको लक्षण देखिएको र स्वाब परीक्षण गराएर घरमा बसिरहुनुभएको सूचना अधिकारी ढकालले जानकारी दिनुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?