logo
२०८१ बैशाख १३ बिहीवार



१५ औं बलिदानी दिवसको उपहार ‘मधेस प्रदेश’

मधेस प्रदेश पाएपछि शहिद परिवारमा समेत उत्साह

मुख्य समाचार |
राजनीति |


१५ औं बलिदानी दिवसको उपहार ‘मधेस प्रदेश’
लहानको मुख्य चोकमा रहेको रमेश महतो शहिद पार्क । तस्बिर : जिवछ


जिवछ यादव
लाहान, माघ ४ गते । प्रत्येक वर्ष माघ ५ गते लहानको रमेश महतो शहिद पार्कमा मनाउने बलिदानी दिवसको दुई दिन अघि प्रदेश २ को नामकरण मधेस प्रदेश गरेकोमा मधेस आन्दोलनको त्क्रममा लाहानमा ज्यान उत्सर्ग गर्ने पाँच शहीद परिवारमा खुसी छाएको छ । उत्साहित भएर लाहानस्थित शहीद पार्कलाई जनता समाजवादी पार्टीका नेता रङगरोगन र सरसफाइ गरेका छन् ।

माघ ३ गते नै प्रदेश –२ को नामकरण मधेस प्रदेश घोषणा हुने बित्तिकै जसपाका नेताले शहीद पार्कमा दीपावली गरेका थिए भने माघ ५ गते पार्टी अध्यक्ष उपेन्द्र यादवसहित केन्द्रीय नेताहरुले माल्यार्पण गर्ने कार्यक्रम तय भएको जसपा लहान नगर समितिका अध्यक्ष दिनेश महतोले जानकारी दिनुभयो ।

२०६३ माघ ५ गते रमेश महतो सहादात प्राप्त गरेपछि मधेस आन्दामेलन उत्कर्षमा पुगेको थियो । आन्दोलनकै क्रममा प्रमोद सदाय, बेचन यादव , विजय सहनी र अनिस अन्सारीले प्रहरीको गोली लागेर ज्यान गुमाउनुभएको थियो । पाँचै जना शहीदको सम्झनामा लाहानको रमेश महतो शहीद पार्कमा बलिदानी दिवस मनाइन्छ ।

रमेश महतोका पिता रयिबा महतो, प्रमोद सदायका पिता बालेश्वर महतो, बेचन यादवको पत्नी रामपरी यादव र मोहम्मद अनिसका पिता मो. मुस्तकिङगले परिवारको बलिदानीको कदर भएको बताउनुभएको छ । ‘मधेस’ प्रदेश बनेपछि बलिदानीको फल प्राप्त भएको उहाँहरुको भनाइ छ ।

लाहानमा बृहत्त शहीदपार्क निर्माण गरेर मधेस आन्दोलनका जननी रहेको लाहानलाई वेवास्ता गर्न नमिल्ने तर्क मानवअधिकारवादी राजकुमार राउतको छ । मधेस प्रदेश र जनकपुर राजधानी भएकोमा हामी लाहानवासी खुसी नै छौँ तर लाहानको विकास र शहीद पार्क निर्माणमा प्रदेश सरकारको ध्यान जाओस हाम्रो माग रहेको पत्रकार शिवकुमार साहको भनाइ छ ।

 

 

 

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?