logo
२०८० चैत्र १५ बिहीवार



सर्वोच्चमा ३५ जना कर्मचारीमा संक्रमण, सेवा कटाैतीबारे पूर्ण बैठक बस्दै

मुख्य समाचार |


सर्वोच्चमा ३५ जना कर्मचारीमा संक्रमण, सेवा कटाैतीबारे पूर्ण बैठक बस्दै


काठमाडौं, माघ ४ गते । सर्वोच्च अदालतमा आज पूर्ण बैठक (फूलकोर्ट) बस्दै छ । प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराले पूर्ण बैठक बोलाउनुभएको सर्वोच्चका सूचना अधिकारी देवेन्द्र ढकालले जानकारी दिनुभयो ।
कोरोनाको सङ्क्रमण देशव्यापी रूपमा बढ्दै जाँदा सर्वोच्चका न्यायाधीश र कर्मचारीमा सङ्क्रमण देखिएपछि पूर्ण बैठक बस्न लागेको उहाँले जानकारी दिनुभयो । बैठक मंगलबार दिउँसो १ बजे सर्वोच्चमा बस्ने उहाँले बताउनुभयो ।
बैठकमा न्यायाधीश र कर्मचारी सङ्क्रमित हुँदा सर्वोच्चको सेवा प्रभावित हुन थालेपछि आवश्यक निर्णय लिन बैठक बस्न लागेको हो । उहाँका अनुसार सर्वोच्चका ३५ जान कर्मचारीलाई कोरोना पोजेटिभ देखिएको छ । अरु ३०–३५ जना कर्मचारी बिरामी भएर उपचारको गर्दै हुनुहुन्छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?