logo
२०८० चैत्र १५ बिहीवार



सत्ता गठबन्धनको बैठक आज

मुख्य समाचार |


सत्ता गठबन्धनको बैठक आज


गोरखापत्र समाचारदाता

काठमाडौँ, माघ ४ गते । सत्तारूढ गठबन्धन दलहरूको बैठक मङ्गलबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने भएको छ । प्रधानमन्त्री शेरबहादुर देउवा र नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच सोमबार भएको भेटमा यस्तो समझदारी बनेको हो ।
राष्ट्रिय सभा निर्वाचनको रणनीति, संसद् खुलाउने विषय तथा निर्वाचन आयोगले स्थानीय तहको निर्वाचनका लागि गरेको तयारीलगायतका विषयमा छलफल गर्ने उद्देश्यले गठबन्धनको बैठक बस्न लागेको हो ।

प्रधानमन्त्रीका प्रमुख स्वकीय सचिव भानु देउवाले दुई शीर्ष नेताबीच देशको समसामयिक विषयमा छलफल भएको जानकारी दिनुभयो । गठबन्धनको बैठकमा माघ १२ गते हुने राष्ट्रिय सभा सदस्य निर्वाचनको रणनीति, स्थानीय तहको निर्वाचन मिति घोषणालगायतका विषयमा छलफल हुने सम्भावना छ । अध्यक्ष दाहाललाई कोरोना सङ्क्रमण भएपछि दुई नेताबीच भेट भएको थिएन ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?