logo
२०८१ बैशाख ११ मंगलवार



सरकार गठनकाे छ महिनामा प्रम देउवाले राष्ट्रका नाममा सम्बोधन गर्नुहुने

मुख्य समाचार |


सरकार गठनकाे छ महिनामा प्रम देउवाले  राष्ट्रका नाममा सम्बोधन गर्नुहुने


काठमाडौं, माघ ३ गते । प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रका नाममा सम्बोधन गर्ने हुनुभएको छ ।  प्रधानमन्त्री देउवाले दुई–तीन दिनमा राष्ट्रको नाममा सम्बोधन गर्नुहुने प्रधानमन्त्रीका स्वकीय सचिव भानु देउवाले जानकारी दिनुभयो ।
प्रधानमन्त्री नियुक्ति हुनुभएपछि पहिलो पटक देउवाले राष्ट्रको नाममा सम्बोधन गर्न लाग्नुभएको हो । तर सम्बोधनको मिति र समय भने तय भइनसकेको स्वकीय सचिव देउवाले बताउनुभयो ।
सरकार गठन भएको ६ महिनाको सन्दर्भ पारेर प्रधानमन्त्री देउवाले सम्बोधन गर्न लाग्नुभएको स्वकीय सचिव देउवाले जानकारी दिनुभयो । प्रधानमन्त्री नियुक्त भएपछि राष्ट्रका नाममा सम्बोधन गर्ने प्रचलन रहिआएको छ । गत असार २९ गते देउवा प्रधानमन्त्री नियुक्ति हुनुभएको हो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?