logo
२०८० चैत्र १६ शुक्रवार



प्रधानन्यायाधीश जबराविरुद्धको रिट सर्वोच्चद्वारा दरपिठ

राष्ट्रिय |


प्रधानन्यायाधीश जबराविरुद्धको रिट सर्वोच्चद्वारा दरपिठ


काठमाडौं, माघ २ गते । सर्वोच्च अदालतले प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराविरुद्धको रिट दरपिठ गरिदिएको छ । आइतबार सर्वोच्चका रजिस्ट्रार नारायण पन्थीले अधिवक्ता माधवकुमार बस्नेतले दायर गर्नुभएको रिट दरपीठ गरिदिनुभएको हो ।
प्रधानन्यायाधीश जबराविरुद्ध अधिवक्ता बस्नेतले सर्वोच्च अदालतसमेतलाई विपक्षी बनाई पेश गर्नुभएको रिट रजिस्ट्रार पन्थीले सर्वोच्च अदालतको क्षेत्राधिकारमा नपर्ने भन्नुहुँदै उक्त रिट दरपीठ गरिदिनुभएको हो ।
अधिवक्ता बस्नेतले प्रधानन्यायाधीश जबराविरुद्ध गम्भीर प्रकृतिका आरोप लागेकाले छानबिनसहित कारबाही गर्नका लागि संविधानद्वारा तोकिएको प्रक्रिया तत्काल प्रारम्भ गर्नु भनि सभामुख, प्रतिनिधिसभाका नाममा परमादेश माग गर्नुभएको थियो ।
‘निवेदकले निवेदनमा जिकिर लिएको विषय यस अदालतको अधिकारक्षेत्रभित्र नपर्ने भएकाले अधिकार क्षेत्र नै नभएको विषयमा लिई आएको प्रस्तुत निवेदन सर्वोच्च अदालत नियमावली, २०७४ को नियम १८ बमोजिम दर्ता गर्न मिलेन,’ पन्थीले जारी गर्नुभएको आदेशमा भनिएको छ, ‘मुलुकी देवानी कार्यविधि संहिता, २०७४ को दफा १२८ तथा सर्वोच्च अदालत नियमावली २०७४ को नियम १८ बमोजिम दरपिठ गरिदिएको छ ।’

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?