logo
२०८१ बैशाख ७ शुक्रवार

  २४ औं भूकम्प सुरक्षा दिवस  



भूकम्प प्रतिरोधी भवन निर्माणमा दक्ष जनशक्ति तयार छ : प्रधानमन्त्री देउवा

‘हामी बलिया संरचना बनाउन सफल भएका छौँ’

मुख्य समाचार |
राजनीति |


भूकम्प प्रतिरोधी भवन निर्माणमा दक्ष जनशक्ति तयार छ : प्रधानमन्त्री देउवा


काठमाडौं, माघ २ गते । प्रधानमन्त्री शेरबहादुर देउवाले भूकम्प प्रतिरोधी भवन निर्माणका लागि दक्ष जनशक्ति तयार भएको बताउनुभएको छ । आइतबार २४ औं भूकम्प दिवसको अवसरमा ललितपुरमा आयोजित कार्यक्रमलाई भर्चुअल माध्यमबाट सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो ।

२०७२ सालको गोरखा भूकम्पपछि देशमै भूकम्प प्रतिरोधी भवन निर्माणका लागि दक्ष जनशक्ति तयार भएको उहाँको भनाइ छ । उहाँले विगतको अनुभव र पाठलाई ख्याल गर्दै दक्ष जनशक्तिको परिचालन गर्न सम्बन्धित निकायलाई अनुरोधसमेत गर्नुभएको छ ।

‘२०७२ सालको भूकम्पपछि हामीले महत्वपूर्ण अनुभव हासिल गरेका छौँ । सबैको पहलमा बलिया संरचना बनाउन सफल भएका छौँ’, प्रधानमन्त्री देउवाले भन्नुभयो, ‘भूकम्प प्रतिरोधी भवन निर्माण दक्ष जनशक्ति तयार भएका छन् । विगतको अनुभव र पाठलाई ख्याल गर्दै आवश्यकता अनुसार दक्ष जनशक्तिलाई तत्काल काममा ल्याउन सम्बन्धिन निकायलाई अनुरोध गर्दछु ।’

नेपालमा १९९० सालमा गएको शक्तिशाली भूकम्पको सम्झना गर्दै भूकम्प सुरक्षा दिवस मनाइदै आइएको छ । यो वर्ष कोभिड महामारीको त्रासबीच भर्चुअल र भौतिक उपस्थितमिा कार्यक्रम भएको हो । प्रधानमन्त्री देउवाले भर्चुअल माध्यमबाट कार्यक्रमलाई सम्बोधन गर्नुभएको हो ।

उहाँले भूकम्पबाट जोगिन र जोगाउन सबैलाई आग्रह गर्नुभएको छ । विपद् व्यवस्थापनमा सबै जुट्नुपर्नेमा उहाँले जोड दिनुभएको छ । ‘भूकम्पबाट जोगिन र जोगाउन सबैलाई उत्पेरित गर्न आग्रह गर्दछु’, प्रधानमन्त्री देउवाले भन्नुभयो, ‘विभिन्न समयमा आएका विपद्को व्यवस्थापनमा जुट्ने सबैलाई धन्यवाद दिन चाहन्छु ।’

गाउँदेखि सहरसम्म विपद् न्युनिकरणका कार्यक्रमलाई अगाडि बढाउनुपर्ने आवश्यकता रहेको उहाँको भनाइ छ । सँगै प्रधानमन्त्री देउवाले जलवायु परिवर्तनलाई ख्याल गर्दै विकास निर्माण अगाडि बढाउनुपर्ने बताउनुभएको छ ।

‘दिगो विकासका लागि गाउँदेखि सहरसम्म विपद् न्युनिकरणका कार्यक्रमलाई अगाडि बढाउनुपर्छ’, उहाँले भन्नुभयो, ‘जलवायु परिवर्तनलाई ख्याल गर्दै विकास निर्माण अगाडि बढाउनु आजको आवश्यकता हो ।

तीनै तहका सरकारको सहकार्य आवश्यक छ
प्रधानमन्त्री देउवाले विपद् न्युनिकरणका लागि तीनवटै सरकारको सहकार्य आवश्यक रहेको औंल्याउनुभएको छ । कमजोर संरचना, अव्यवस्थित सहरीकरण, सार्वजनिक र निजी भवन निर्माण गर्दा विशेष ख्याल गर्नुपर्ने उहाँको भनाइ छ ।

‘विपद् जोखिम न्युनिकरणका लागि तीनै तहका सरकारको सहकार्य आवश्यक छ’, प्रधानमन्त्री देउवाले भन्नुभयो, ‘यसमा सहकार्य गर्न सबैलाई आग्रह गर्दछु ।’

प्रधानमन्त्री देउवाले विपद् न्युनिकरणका लागि राष्ट्रियसँगै अन्तर्राष्ट्रिय सहयोग आवश्यक भएकोमा जोड दिनुभएको हो । सँगै प्रधानमन्त्री देउवाले जलवायु परिवर्तनको असरको विषयमासमेत आवश्यक कदम चाल्नुपर्ने बताउनुभयो ।

‘विपद्मा अन्तर्राष्ट्रिय सहयोग आवश्यक पर्छ’, प्रधानमन्त्री देउवाले भन्नुभयो, ‘जलवायु परिवर्तनको असर बढ्दै गएको छ । यसको असर प्रतिकार्यमा नेपालले आवश्यक पहल कदमी लिनुपर्छ ।’

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?