logo
२०८१ बैशाख ११ मंगलवार



प्रतिनिधि सभा बैठकको मिति पुनः स-यो, माघ १६ गतेका लागि तय 

मुख्य समाचार |


प्रतिनिधि सभा बैठकको मिति पुनः स-यो, माघ १६ गतेका लागि तय 


काठमाडौं, माघ २ गते । प्रतिनिधि सभाको माघ ३ गते सोमबार दिउँसो १ बजे तय भएको बैठकको मिति पुनः सरेको छ । सङ्घीय संसद् सचिवालयका महासचिव डा.भरतराज गौतमले आइतबार एक विज्ञप्तिमार्फत कोभिड–१९ को बढ्दो सङ्क्रमणका कारण उक्त समयमा बैठक बस्न नसकिएको जानकारी दिनुभयो ।

सभामुख अग्निप्रसाद सापकोटाद्वारा प्रतिनिधि सभाको अर्को बैठक माघ १६ गते आइतबार दिउँसो १ बजे सारिएको जनाइएको छ । यस अघि पुस २८ गते प्रतिनिधि सभाको बैठकको मिति तय भएकोमा माघ ३ गते सारिएको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?