logo
२०८१ बैशाख ८ शनिवार



विदेशिन लागेकाबाट स्वदेशी चेलीकाे अस्मिता लुटियाे

राष्ट्रिय |
समाज |


विदेशिन लागेकाबाट स्वदेशी चेलीकाे अस्मिता लुटियाे


काठमाडौं, पुस १४ गते । सुर्खेतबाट आइपुग्नुभएकी एक महिलाकाा लागि काठमाडौं शहर नौलो थियो । यही शहरमा उहाँको पुस १२ गते राति अस्मिता लुटियो । पुस १२ गते बिहान आइपुग्नुभएकी उहाँ नयाँ बसपार्कस्थित एक गेष्ट हाउसमा बस्नुभयाे । सोही दिन साँझदेखि पुस १३ गते बिहानसम्म उहाँलाई नौ जना पुरूषले सामूहिक बलात्कार गरे । साे बारे अनुसन्धानबाट खुलेको महानगरीय प्रहरी परिसर काठमाडौंका एसएसपी सुदीप गिरीले गाेरखापत्र अनलाइनलाई जानकारी दिनुभयो । 

‘हामीलाई हिजो ३ बजेतिर जानकारी आयो । पीडित महिला नयाँ बसपार्कमा रहेको प्रहरी वित्तमा सम्पर्कमा आउनुभयो । त्यसपछि उहाँको मानसिक र शारीरिक अवस्थालाई ख्याल राख्दै अस्पताल पुग्याैं । प्रसूतिगृहमा उहाँको उपचार गरायाैं त्यसपछि डाक्टरको अनुमति लिएर उहाँसँग सोधपुछ गरियाे ।’

'उहाँ काठमाडौंमा नयाँ हुनुहुँदाेरहेछ। उहाँले खालि बसपार्क–बसपार्क मात्र भनिरहनुभयो । उहाँले बसपार्क मात्र भन्नुभएपछि हामीले अनुसन्धान अगाडि बढायौं । नयाँ बसपार्कको १२–१५ वटा होटल र लजलाई ‘टारगेट’ ग¥याैं । टारगेट गरेको होटलमध्ये एउटा होटलमा घटना भएको पत्ता लाग्यो । अनुसन्धानका लागि सिसिटिभी फुटेज हरियाे । राति अबेरसम्म अनुसन्धान गरी केही व्यक्ति पक्राउ परे र आरोपित पहिचान गर्न पीडित महिलाले पनि सहयोग गर्नुभयो ।'

पक्राउ परेका व्यक्तिहरुले आफ्नो आरोप स्वीकार गरेको उहाँले बताउनुभयो । मङ्गलबार रातिसम्म सामूहिक बलात्कारमा नौ जनाको संलग्नता देखिएको छ । नौ जनामध्ये सात जना हिजो साँझै पक्राउ परे भने एक जनालाई बुधबार बिहान पक्राउ गरिएको एसएसपी गिरीले जानकारी दिनुभयो ।

एक जना फरार छन् । आरोपित सबैको पहिचान भइरहेको उहाँले बताउनुभयो । यद्यपि पीडितको अवस्था हिजोको भन्दा सामान्य छ । आज पनि स्वास्थ्य परीक्षणका लागि अस्पताल पठाएको उहाँले बताउनुभयो ।

आरोपित सबै वैदेशिक रोजगारसँग सम्बन्धित छन् । ‘पक्राउ पर्नेमा कोही पासपोर्ट बनाउन आएका, कोहीले पासपोर्ट मेनपावरमा बुझाएका, कोहीको भिसा लागिसकेको र कोही भिसा लागेर उड्न लागेका व्यक्ति छन् । घटनास्थल एउटा मात्र नभएर दुईदेखि तीन वटा स्थान रहेको देखिएको छ।' एसएसपी गिरीले बताउनुभयाे ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?