logo
२०८१ बैशाख ६ बिहीवार



माओवादी केन्द्रको आठौँ राष्ट्रिय महाधिवेशन : बन्दसत्र सुरु

मुख्य समाचार |


माओवादी केन्द्रको आठौँ राष्ट्रिय महाधिवेशन : बन्दसत्र सुरु


काठमाडौं, पुस १२ गते । नेकपा माओवादी केन्द्रको आठौँ राष्ट्रिय महाधिवेशनअन्तर्गत बन्दसत्र सुरु भएको छ । माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’का प्रेस संयोजक सुरेश रेग्मीले सोमबार मध्याह्न १२ बजेदेखि बन्दसत्र सुरु भएको जानकारी दिनुभयो ।

राजधानी काठमाडौंको प्रज्ञा भवनमा आइतबारदेखि सुरु भएको माओवादी केन्द्रको आठौँ राष्ट्रिय महाधिवेशन पुस १५ गतेसम्म चल्नेछ । राष्ट्रिय सभा गृहमा सुरु भएको बन्दसत्रमा पार्टीका अध्यक्ष प्रचण्डले राजनीतिक प्रतिवेदन विधानलगायतका अन्य प्रतिवेदन पेश गर्नुहुने कार्यक्रम रहेको रेग्मीले बताउनुभयो ।

उहाँका अनुसार अध्यक्ष प्रचण्डले पेश गर्नुहुने राजनीतिक प्रतिवेदनमाथि सामूहिक छलफल हुनेछ । बन्दसत्रमा एक हजार ६३१ प्रतिनिधि तथा पर्यवेक्षक सहभागी हुनुहुन्छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?