logo
२०८१ बैशाख १३ बिहीवार



आईसीयू र भेन्टिलेटरमा ११८ कोरोना संक्रमितको उपचार हुँदै

मुख्य समाचार |
राजनीति |


आईसीयू र भेन्टिलेटरमा ११८ कोरोना संक्रमितको उपचार हुँदै
फाइल तस्बिर


काठमाडौं,पुस ८ गते । नेपालमा देशका विभिन्न आईसीयू र भेन्टिलेटरमा ११८ जना कोरोना संक्रमित उपचाररत छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्न विभिन्न आईसीयू र भेन्टिलेटरमा ११८ कोरोना संक्रमितको उपचार भइराखेको छ । बिहीबार ९६ संक्रमितको आईसीयूमा र २२ को भेन्टिलेटरमा उपचार भइरहेको मन्त्रालयले नियमित बुलेटिनमार्फत जानकारी गराएकाे छ । 

कुन प्रदेशमा कति ?
प्रदेश १ मा १७ जना आईसीयूमा र ६ जना भेन्टिलेटरमा उपचाररत छन्।

प्रदेश २ मा २ जना आईसीयूमा उपचाररत छन् भने बागमती प्रदेशमा ६५ जना आईसीयूमा र १४ जना भेन्टिलेटरमा उपचारत रहेको मन्त्रायले जनाएको छ। गण्डकी प्रदेशमा ३ जना आईसीयूमा उपचाररत छन्। लुम्बिनी प्रदेशमा ८ जना आईसीयूमा र १ जना भेन्टिलेटरमा उपचाररत छन्।

सुदूरपश्चिममा १ जना आईसीयूमा र १ जना भेन्टिलेटरमा उपचाररत छन्। नेपालमा ५ हजार १६१ जना संक्रिय संक्रमित रहेका छन् ।

नेपालमा अहिलेसम्म ८ लाख २६ हजार ६६४ जना कोरोनाबाट संक्रमित भएका छन् । जसमा ८ लाख ९ हजार ९२२ जना संक्रमित संक्रमणमुक्त भएका छन् भने ११ हजार ५८१ संक्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?