logo
२०८१ बैशाख ७ शुक्रवार



उच्च र जिल्ला अदालतमा पनि गोला प्रणाली

राष्ट्रिय |


उच्च र जिल्ला अदालतमा पनि गोला प्रणाली


नारायण काफ्ले

काठमाडौँ, पुस १ गते । सर्वोच्च अदालतपछि अब मातहतका अदालतहरूमा पनि गोला प्रणालीबाट पेसी व्यवस्थापन हुने भएको छ । उच्च र जिल्ला अदालतमा माघ २ बाट गोला प्रणाली लागू गर्ने निर्णय सर्वोच्च अदालतका न्यायाधीशहरूको पूर्ण बैठकले गरेको हो । बुधबार बसेको पूर्ण बैठकले माघ १ सम्म गोला प्रणालीमा जान सम्पूर्ण तयारी गर्ने र २ गतेदेखि लागू गर्ने निर्णय गरेको हो ।

यसअघि मङ्सिर १ देखि नै उक्त व्यवस्था लागू गर्ने गरी मातहतका अदालतमा परिपत्र भइसकेको थियो । सर्वोच्च अदालतका प्रवक्ता बाबुराम दाहालले माघ २ देखि गोला प्रणालीमा जाने निर्णय भएको जानकारी दिनुभयो । निर्णयअनुसार अब उच्च अदालत नियमावली र जिल्ला अदालत नियमावली संशोधन हुनेछन् । पेसी तोक्ने व्यवस्थाको अधिकार हालसम्म उच्चमा मुख्य न्यायाधीश र जिल्लामा पनि वरिष्ठतम पहिलो नम्बरको न्यायाधीशलाई छ । गोला प्रणालीमा गएपछि पेसी व्यवस्थापन समितिमार्फत हुनेछ । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्ध असन्तुष्ट न्यायाधीशहरूको निर्णयबाट मङ्सिर १५ देखि गोला प्रणाली लागू भएको हो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?