logo
२०८१ बैशाख ८ शनिवार



राम–सीता विवाह आज

मुख्य समाचार |


राम–सीता विवाह आज
तस्बिरः धर्मेन्द्र झा


गोरखापत्र समाचारदाता

काठमाडौँ, मङ्सिर २२ गते । राष्ट्रपति विद्यादेवी भण्डारीले विवाह पञ्चमीको असरमा सबै नेपालीमा शुभकामना व्यक्त गर्नुभएको छ । त्रेता युगमा मार्ग शुक्ल पञ्चमी तिथिका दिन अयोध्याका राजकुमार राम र मिथिलाका राजा जनककी पुत्री सीताको शुभ विवाह सम्पन्न भएको विशेष दिनको सम्झनामा विवाह पञ्चमी मनाइन्छ । प्राचीन मिथिलाको राजधानी रहेको जनकपुरधाममा साताव्यापी रूपमा मनाइने विवाह पञ्चमी महोत्सवअन्तर्गत वैवाहिक कार्यक्रमलाई मुख्य आकर्षणको केन्द्र मानिन्छ ।

यस दिन विवाह उत्सवमा बाजागाजासहित झाँकी प्रस्तुत हुने तथा जन्ती र डोला हेरिने परम्परा रहेको छ । प्राचीनकालदेखि नै मिथिला क्षेत्रमा मनाइने विवाह पञ्चमी पर्वको सांस्कृतिक एवं ऐतिहासिक महत्त्व रहेको छ । काठमाडौँबाट जन्ती प्रस्थान यसैबीच जनकपुरमा आयोजना हुने राम जानकी विवाह महोत्सवका लागि काठमाडौँबाट मङ्गलबार जन्ती प्रस्थान गरेको छ । कोरोना महामारीका कारण गत वर्ष काठमाडौँबाट जन्ती जान पाएन भने अयोध्याबाट पनि उल्लेख्य जन्तीको सहभागिता रहन पाएको थिएन । गुठी संस्थानका सहायक प्रशासक आनन्दप्रसाद कर्माचार्यले मिठाइ, फलफूल, शृङ्गारका सामग्री, सुगन्धसहित संस्थानको एक टोली विवाह पञ्चमीमा सहभागी हुने परम्परा रहेको जानकारी दिनुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?