logo
२०८१ बैशाख ७ शुक्रवार



कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एमबीबीएसको पढाइ थालियो

शिक्षा |
प्रदेश |


कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एमबीबीएसको पढाइ थालियो


सरोज ढुङ्गेल

काठमाडौँ, मङ्सिर २० गते । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, जुम्लामा चिकित्सा शिक्षातर्फको स्नातक तह (एमबीबीएस)को पठनपाठन आइतबारबाट सुरु भएको छ । यसै वर्षबाट चिकित्सा शिक्षा आयोगले प्रतिष्ठानलाई चिकित्साशास्त्रतर्फ एमबीबीएस अध्ययन गर्न स्वीकृति प्रदान गरेको थियो ।

पहिलो पटक एमबीबीएससहित बीफार्मा, स्नातक तहमा नर्सिङ र पब्लिक हेल्थको अध्ययन सुरु भएको छ । आयोगले प्रतिष्ठानलाई एमबीबीएसमा अध्यापन गर्न २० जनाको कोटा तोकिदिएको थियो । पूर्ण छात्रवृत्तिमा १५ र सशुल्कमा पाँच कोटा कायम गरिएको छ । बीफार्मेसीमा पनि २० जनाको कोटा निर्धारण गरिएको छ ।

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डा. मङ्गल रावलले भन्नुभयो, “यसबाट समग्र कर्णालीवासीलाई फाइदा पुग्नेछ । ” उहाँका अनुसार भर्ना भएका विद्यार्थीका लागि आइतबारबाट अभिमुखीकरण सुरु गरिएको छ । प्रतिष्ठानले हाल तीन सय श-या क्षमताको अस्पतालसमेत सञ्चालनमा ल्याइसकेको छ ।

अस्पतालमा १० शøयाको सघन उपचार कक्ष –आईसीयू) र चार श-याको शल्यक्रिया कक्षसमेत रहेको छ ।प्रतिष्ठानमा गत वर्षदेखि पोस्टग्राजुएट्स (एमडी) तहमा पाँच जनाले अध्ययन गरिरहेका छन् । यसअघि प्रतिष्ठानमा प्रवीणता प्रमाणपत्र तहमा नर्सिङ, हेल्थ असिस्टेन्ट, एनेस्थेसिया असिस्टेन्ट, एमडीएमएस, बालरोग विशेषज्ञ र एमडीजीपीको अध्यापन पनि हुँदै आएको थियो  ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?