logo
२०८१ बैशाख ८ शनिवार

  माओवादी स्थायी कमिटी बैठक  



राष्ट्रिय सम्मेलनका लागि प्रतिनिधि छान्ने जिम्मा अध्यक्ष प्रचण्डलाई

मुख्य समाचार |


राष्ट्रिय सम्मेलनका लागि प्रतिनिधि  छान्ने जिम्मा अध्यक्ष प्रचण्डलाई


काठमाडौं, मंसिर १७ गते । सत्ता साझेदार दल नेकपा (माओवादी केन्द्र)काे पुस ११ गते काठमाडौंमा हुन गइरहेकाे राष्ट्रिय सम्मेलनकाे प्रतिनिधि छान्ने जिम्मा पार्टी अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'लाई दिइएको छ । हिजाे बिहीबारदेखि जारी माओवादी केन्द्रकाे शुक्रबार विहान पनि काेटेश्वरस्थित केन्द्रीय कार्यालय पेरिस डाँडामा बसेकाे स्थायी कमिटी बैठकले प्रतिनिधि छान्ने जिम्मा उहाँलाई दिइएको पार्टी प्रवक्ता कृष्णबहादुर महराले बताउनुभयाे ।

राष्ट्रिय सम्मेलनका लागि हिजाेकाे स्थायी कमिटी बैठकमा छलफल भएका केन्द्रीय प्रतिनधिसहित थप प्रतिनिधिहरुलाई पनि प्रस्तावकाे रुपमा अगाडि बढाइने गरी पार्टी उहाँलाई जिम्मेवारी दिइएकाे उहाँको भनाइ छ । राष्ट्रिय सम्मेलनका लागि देव गुरुङ, पम्फा भुषाल, लीलामणि पाेखरेल, जनार्दन शर्मा र मातृका यादवसहितकाे पाँच सदस्यीय विधान परिमार्जन उपसिमिति गठन भएको महराले बताउनुभयो ।

यसैगरी, हितमान शाक्यकाे नेतृत्वमा राष्ट्रिय सम्मेलन व्यवस्थापन उपसमिति र कृष्णबहादुर महराको नेतृत्वमा प्रचारप्रसार उपसमिति गठन भएको उहाँले बताउनुभएको छ । माओवादी केन्द्रकाे स्थायी कमिटी बैठकले लेखापरीक्षण प्रतिवेदन सार्वजनिक गर्ने विषयलाई अनुमाेदन गरेकाे पनि उहाँले बताउनुभयाे । माओवादी केन्द्रकाे राष्ट्रिय सम्मेलन ताेकिएकाे मिति अनुरुप काठमाडौंकाे प्रज्ञा भवनमा समुद्घाटन हुने जनाइएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?