logo
२०८१ बैशाख १३ बिहीवार



माओवादी केन्द्रको राष्ट्रिय सम्मेलन प्रज्ञा भवनमा 

मुख्य समाचार |
राजनीति |


माओवादी केन्द्रको राष्ट्रिय सम्मेलन प्रज्ञा भवनमा 


काठमाडौं, मङ्सिर १६ गते । सत्ता साझेदार दल नेकपा माओवादी केन्द्रको पूर्वनिर्धारित कार्यतालिका अनुरुप राष्ट्रिय सम्मेलनको उद्घाटन पुस ११ गते काठमाडौंस्थित प्रज्ञा भवनमा हुने भएको छ ।

माओवादी केन्द्रको बिहीबार कोटेश्वरस्थित केन्द्रीय कार्यालयमा बसेको स्थयी कमिटी बैठकले राष्ट्रिय सम्मेलन तोकिएकै समयमा सम्पन्न गर्ने निर्णय गरेको पार्टी प्रवक्ता कृष्णबहादुर महराले जानकारी दिनुभयो ।

माओवादी केन्द्रमा हालसम्ममा सात लाख छ हजार पाँच सय पार्टी सदस्य संख्या पुगेको बताउनुहुदै उहाँले यो संख्या आठ लाखसम्म पुग्ने बताउनुभएको छ ।

‘राष्ट्रिय सम्मेलन प्रज्ञा भवनमा उद्घाटन हुनेछ । प्रक्रिया केही ढिला भए दुई दिनसम्म थपेर पुष १५ गतेसम्म जान सक्नेछ’, महराले बताउनुभयो ।

यसअघि एकैदिन सम्पन्न भएको वडा र पालिका सम्मेलन उत्साह पैदा गरेको बताउनुहुदै उहाँले पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उद्घाटन गर्नुहुनेछ ।

राष्ट्रिय सम्मेलनका लागि विद्यार्थीबाट रमेश मल्ल, नरेन्द्र न्यौपाने, सन्तोष विष्ट, सुरेन्द्र बस्नेत, रञ्जित तामाङ, उत्तम अधिकारी, विजय भण्डारी, तिलक भण्डारी, गगन खडका, विवेक महतो लगायतका केन्द्रीय प्रतिनिधि टुंगो लगाइएको महराले जानकारी दिनुभयो ।

यस विषयमा माओवादी केन्द्रको स्थायी कमिटी बैठक शुक्रबार बिहान पुनः ८ बजे पेरिसडाँडामा बस्दै छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?