logo
२०७८ माघ १३ बिहीवार

  पाँच दलका शीर्ष नेताहरुको बैठक  



प्रधानन्यायाधीशलाई विदामा बसेर कार्यवाहक तोक्न सुझाव

मुख्य समाचार |


प्रधानन्यायाधीशलाई विदामा बसेर कार्यवाहक तोक्न  सुझाव


 

काठमाडौं, मङ्सिर १६ गते । सत्तारुढ पाँच दलका शिर्ष नेताहरुको बैठकले प्रधानन्यायाधीश चोलेन्द्र शम्मेर राणालाई विदामा बसेर कार्यवाहक प्रधानन्यायाधीश तोक्न सुझाव दिएकाे छ ।

बिहीबार विहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको पाँच दलका शीर्ष नेताहरुको बैठकले लामो समयदेखि अदालत अवरोध भएको र प्रधानन्यायाधीश विरामी परेकाले तत्काल कार्यवाहक न्यायाधीश तोकेर अदालतको कामकारबाही अघि बढाउन सुझाव दिएकाे हाे ।

‘प्रधानन्यायाधीश विरामी भएकाले तत्काल कार्यवाहक प्रधानन्यायाधीश तोकेर सर्वोच्च अदालतको कामकारबाही अघि बढाउन सुझाव दिने गठवन्धनले निष्कर्ष निकालेको छ’, सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले भन्नुभयाे ।

बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' , नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव, राष्ट्रिय जनमोर्चाकी नेता दुर्गा पौडेललगायतका नेताहरु सहभागी हुनुहुन्थ्याे ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

khwopo-college