logo
२०८१ बैशाख ८ शनिवार



पर्यटन काजको कार्यक्रम छिट्टै कार्यान्वयन हुने

पर्यटन |


पर्यटन काजको कार्यक्रम छिट्टै कार्यान्वयन हुने



नगेन्द्र सापकोटा

काठमाडौँ, मङरसिर १६ गते । सरकारले चालू आर्थिक वर्षदेखि कार्यान्वयन गर्न लागेको कर्मचारीका लागि १० दिने पर्यटन काजको कार्यक्रम छिट्टै कार्यान्वयन गर्ने भएको छ ।
संस्कृति पर्यटन तथा नागरिक उडरडयन मन्त्रालयले कार्यविधि निर्माण गरी सबै मन्त्रालयको सुझाव लिइसकेको छ । अहिले कर्मचारीको पर्यटन काजमा खर्च हुने बजेटका लागि अर्थ मन्त्रालयसँग मन्त्रालयले समन्वय गरिरहेको छ ।
मन्त्रालयका उपसचिव नरहरि घिमिरेले अर्थ मन्त्रालयले बजेटको व्यवस्था गरेपछि कार्यविधि मन्त्रिपरिषदरमा पारित गरी कर्मचारी पर्यटन काज कार्यान्वयनमा आउने बताउनुभयो । कर्मचारीलाई पुनर्ताजगी गर्दै आन्तरिक पर्यटक प्रवद्र्धन गर्ने उद्देश्यले सरकारले चालू आर्थिक वर्षदेखि कार्यान्वयनमा आउने गरी कर्मचारीलाई सुविधासहित १० दिनको पर्यटन काज कार्यान्वयनमा ल्याउने घोषणा गरेको थियो ।
यस कार्यक्रमले कर्मचारीलाई आफ्नै देशभित्र भएको पर्यटकीय क्षेत्रको बारेमा जानकारी हुने, आन्तरिक पर्यटनमा टेवा पु-याउने, आर्थिक क्रियाकलाप वृद्धि गरी रोजगारी सिर्जना हुने, सहरी र ग्रामीण पर्यटन क्षेत्रको विस्तार हुने र कर्मचारीले आफ्नो जिम्मेवारीप्रति उत्प्रेरित हुने मन्त्रालयको विश्वास छ ।

नेपाल निजामती कर्मचारी युनियनका उपाध्यक्ष एवं बागमती प्रदेशका अध्यक्ष एकनारायण काफ्लेले सरकारले बजेटमार्फत ल्याएको १० दिने पर्यटन काज कार्यान्वयन गर्न ढिलो हँुदै गएको बताउनुभयो ।
उहाँले भन्नुभयो, “अहिलेको समय घुम्नका लागि उपयुक्त छ । चैत वा वैशाखमा कर्मचारी पर्यटन काज कार्यान्वयन भयो भने १० प्रतिशत कर्मचारी पनि सहभागी हुन गाह्रो हुन्छ । ” उहाँले आर्थिक वर्षको अन्त्यमा कर्मचारीलाई कामको लोड हुने र घुम्ने सिजन नहुने भएकाले सरकारले जतिसक्दो चाँडो बजेट व्यवस्था गरी प्रस्तावित कार्यविधि कार्यान्वयन गर्न सुझाव दिनुभयो ।
संस्थान र प्रतिष्ठानले कार्यान्वयन गर्नुपर्ने
पर्यटन काज निजामती कर्मचारीका लागि मात्र नभई सार्वजनिक संस्थान र प्रतिष्ठानका कर्मचारीलाई समेत प्रदान गरिने कार्यविधिमा उल्लेख छ । आगामी दिनमा निजी क्षेत्रलाई समेत यसमा जोडिँदै लगिने योजना सरकारले बनाएको छ ।

कार्यालयले योजना बनाउनुपर्ने
कार्यविधिअनुसार पर्यटन काज कार्यान्वयनका लागि सम्बन्धित कार्यालय आफैँले वार्षिक कार्ययोजना बनाउनुपर्नेछ । एक आर्थिक वर्षमा बाटोको म्यादसहित बढीमा १० दिनसम्म पर्यटन काजमा पठाउन प्रत्येक कार्यालयले वार्षिक कार्ययोजना बनाई बोर्ड बैठकबाट स्वीकृत गर्नुपर्ने व्यवस्था कर्मचारी पर्यटन काज प्रस्तावित कार्यविधिमा उल्लेख छ ।
कार्यक्रमको सीमाभित्र रहेर कार्यालयले कर्मचारीलाई पर्यटन काजमा पठाउन सक्ने, सम्बन्धित कार्यालयले कर्मचारीलाई पर्यटन काजमा पठाउँदा कार्यालयको काम तथा नियमित सेवा प्रवाहमा बाधा नपर्ने गरी पठाउनुपर्नेछ ।
पर्यटन काजका लागि गन्तव्यस्थल छनोट गर्दा स्वीकृत वार्षिक कार्ययोजनाअनुरूप कर्मचारीलाई कार्यालयले सो कार्यालय रहेको जिल्ला तथा कर्मचारीको स्थायी ठेगाना रहेको जिल्लाबाहेकका अन्य जिल्लाका पर्यटकीय गन्तव्यस्थलमा पठाउनुपर्नेछ । हरेक वर्ष पर्यटन काजमा कर्मचारी खटाउँदा फरक–फरक स्थानमा भ्रमण गर्ने गरी भौगोलिक सन्तुलन कायम गर्नुपर्नेछ ।

साथी लान पाउने
पर्यटन काजमा जाने कर्मचारीले आफूसमेत दुई जनामा नबढरने गरी परिवारका सदस्यलाई भ्रमणमा साथीका रूपमा सहभागी गराउन सक्ने व्यवस्था कार्यविधिमा छ । सहभागी परिवारका सदस्यले समेत निज कर्मचारीको १० दिनको पारिश्रमक बराबरको सुविधा पाउने गरी प्रस्ताव तयार गरिएको छ ।
सम्बन्धित कर्मचारी र निजका परिवारलाई प्रतिव्यक्ति दुई हजारका दरले यातायात खर्चबापतको रकम एकमुष्ट अग्रिम रूपमा समेत उपलब्ध गराउन पेस्की रकम बुझ्ने व्यवस्था छ । कर्मचारी स्वीकृत गन्तव्यस्थलको भ्रमणमा नगए निजले बुझेको उक्त रकम फिर्ता गर्नुपर्ने व्यस्वस्था गरिएको मन्त्रालयका उपसचिव घिमिरेले बताउनुभयो ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?