logo
२०८१ बैशाख ७ शुक्रवार

   काँग्रेसको निर्वाचन प्रक्रिया सुरु   



सातै प्रदेशमा उत्साह

मुख्य समाचार |


सातै प्रदेशमा उत्साह


अशोक अधिकारी

काठमाडौँ, मङ्सिर १६ गते । नेपाली काँग्रेसले १४औँ महाधिवेशनअन्तर्गत सातवटै प्रदेशमा अधिवेशनको तयारी तीव्र पारेको छ । प्रदेश अधिवेशनका लागि बिहीबारबाट निर्वाचन प्रक्रिया सुुरु हुँदैछ । काँग्रेस केन्द्रीय निर्वाचन समितिका संयोजक गोपालकृष्ण घिमिरेले सातै प्रदेशको अधिवेशनको तयारी अन्तिम चरणमा पुगेको जानकारी दिनुभएको हो ।

संयोजक घिमिरेले भन्नुभयो, “काँग्रेसको प्रदेश अधिवेशन पहिलो पटक हुन लागेकाले नेता–कार्यकर्ता उत्साहित भएको पाएको छु । केन्द्रीय निर्वाचन समितिले सातवटै प्रदेशमा निर्वाचन अधिकृत खटाएको छ । बिहीबारदेखि अधिवेशनको कार्यक्रम सुरु हुन्छ ।”
समितिका अनुसार १६५ प्रतिनिधि सभा क्षेत्रबाट निर्वाचित महाधिवेशन प्रतिनिधि र ३३० प्रदेश सभा क्षेत्रबाट निर्वाचित प्रदेश अधिवेशन प्रतिनिधिहरूले आ–आफ्नो प्रदेशको नेतृत्व चयनका लागि मतदान गर्नेछन् । बिहीबार मतदाता नामावली प्रकाशन गर्ने कार्यतालिका छन् । शुुक्रबार उम्मेदवारी दर्ता गर्ने र १८ गते मतदान हुँदैछ । काँग्रेस प्रदेश १ कार्यसमितिको नेतृत्वका लागि मोरङको विराटनगरमा अधिवेशन हुनेछ । काँग्रेस केन्द्रीय कार्यसमितिको कात्तिक २८ गतेको बैठकले केन्द्रीय सदस्य कृष्णप्रसाद सिटौलाको संयोजकत्वमा प्रदेश १ का लागि प्रदेश अधिवेशनसँग सम्बन्धित समिति गठन गरेको छ ।

अधिवेशनको तयारी भइरहेको जानकारी मोरङ काँग्रेसका सभापति डिकबहादुर लिम्बूले दिनुभयो । निर्वाचन समिति संयोजक भरतबहादुर थापाले बिहीबार दिउँसो २ बजे प्रदेश अधिवेशन उद्घाटन हुने जानकारी दिनुभयो । यस प्रदेशमा एक हजार ६७१ मतदाता छन् ।
कार्यसमितिमा सभापति, दुई उपसभापति, दुई महामन्त्री र एक महिलासहित तीन जना सहमहामन्त्री रहने छन् । उहाँले भन्नुभयो, “अधिवेशनले पदाधिकारीसहित ८८ सदस्यीय प्रदेश कार्यसमिति निर्वाचित गर्नेछ ।”प्रदेश २ को अधिवेशन जनकपुरमा हुनेछ । प्रदेश अधिवेशन समितिका संयोजक रमेश रिजालले अधिवेशनको तयारी अन्तिम चरणमा पुगेको बताउनुभयो । नेता महेशशङ्कर गिरीका अनुसार यस प्रदेशमा एक हजार ९८० मतदाता छन् ।
उहाँले भन्नुभयो, “३२ प्रतिनिधि सभा क्षेत्र र ६४ प्रदेश सभा निर्वाचन क्षेत्रबाट आउने महाधिवेशन प्रतिनिधि र प्रदेश अधिवेशन प्रतिनिधिले सभापति, दुई उपसभापति, दुई महामन्त्री, एक महिलासहित तीन सहमहामन्त्रीको प्रदेश कार्यसमितिको नयाँ नेतृत्व चयन गर्नेछन् ।”

त्यसैगरी काँग्रेस बागमती प्रदेश अधिवेशन हेटौँडामा हुँदैछ । प्रदेश अधिवेशन समितिका संयोजक प्रकाशमान सिंहका अनुसार, अधिवेशनका लागि बागमती प्रदेशका सबै जिल्लाबाट महाधिवेशन प्रतिनिधि र प्रदेश प्रतिनिधि हेटौँडा पुग्ने क्रम जारी छ ।
काँग्रेस नेता जगदीशनरसिंह केसीले ३३ प्रतिनिधि सभा क्षेत्रका र ६६ प्रदेश सभा क्षेत्रका निर्वाचित प्रतिनिधिले भाग लिने बताउनुुभयो । केसीले भन्नुभयो, “बागमती प्रदेशमा काँग्रेसका एक हजार ९६० मतदाता छनर । प्रदेश कार्यसमिति पदाधिकारीसहित ८१ सदस्यीय हुन्छ । त्यसमा हरेक जिल्लाबाट एक पुरुष र एक महिला अनिवार्य हुन्छ । २२ जना खुला र २६ जना समानुपातिक सदस्य रहने छनर । ”

गण्डकी प्रदेश संयोजक गोपालमान श्रेष्ठले बिहीबारबाट सुरु हुने प्रदेश अधिवेशनको तयारी पूरा भएको बताउनुभयो । श्रेष्ठले गोरखापत्रसँग भन्नुभयो, “बिहीबार मध्यान्ह १२ः३० मा प्रदेश सभा अधिवेशन उदरघाटन हुन्छ । शुक्रबार उम्मेदवारी दर्ता गर्ने कार्यक्रम छ । ”
गण्डकी प्रदेश निर्वाचन समिति संयोजक कृष्णबहादुर थापाले १८ वटा प्रतिनिधि सभा र ३६ वटा प्रदेश सभा क्षेत्रबाट निर्वाचित एक हजार १०० भन्दा बढी मतदाताले प्रदेश कार्यसमितिको नेतृत्व चयन गर्ने बताउनुभयो ।

त्यसैगरी लुम्बिनी प्रदेशमा पनि अधिवेशनको तयारी भइरहेको छ । गृहमन्त्री एवं काँग्रेस केन्द्रीय सदस्य बालकृष्ण खाण प्रदेश अधिवेशनसँग सम्बन्धित समिति संयोजक रहनुभएको छ । लुम्बिनी प्रदेशका निर्वाचन संयोजक डा. बुद्धबहादुर थापाले बिहीबार बिहान १० बजे मतदाता नामावली प्रकाशन गर्ने तयारी भइरहेको बताउनुभयो । उहाँले भन्नुभयो, “मतदाता नामावली र अधिवेशनसँग सम्बन्धित निर्देशिका केन्द्रीय निर्वाचन समितिले पठाइसकेको छ, हामीले पाएपछि मात्रै मतदाता सङरख्या र अन्य विषय सार्वजनिक गर्छौं । ”
त्यसैगरी कर्णाली प्रदेशमा पनि अधिवेशन बिहीबार सुरु हुँदैछ । प्रदेश अधिवेशन समितिका संयोजक जीवनबहादुर शाहीको संयोजकत्वमा अधिवेशनको तयारी चलिरहेको छ । काँग्रेस नेत्री रीता शाहीका अनुसार केन्द्रीय महाधिवेशन र प्रदेश अधिवेशन प्रतिनिधि गरी कर्णाली प्रदेशमा ७५० मतदाता छनर । पदाधिकारीसहित ५९ सदस्यीय प्रदेश कार्यसमिति यो अधिवेशनले चयन गर्नेछ ।

त्यसैगरी सुदूरपश्चिम प्रदेशको अधिवेशन कैलालीको धनगढीमा हुँदैछ । काँग्रेस केन्द्रीय सदस्य दिलेन्द्रप्रसाद बडूले प्रदेश अधिवेशन समितिको संयोजन गरिरहनुभएको छ ।
काँग्रेस नेता नरनारायण शाहका अनुसार अधिवेशनबाट सुदूरपश्चिम प्रदेशमा पदाधिकारीसहित ७१ सदस्यीय कार्यसमिति चयन गर्नेछ । १६ प्रतिनिधि सभा र ३२ प्रदेश सभा क्षेत्रबाट निर्वाचित ९७५ महाधिवेशन प्रतिनिधि र प्रदेश अधिवेशन प्रतिनिधिले सुदूरपश्चिम प्रदेश काँग्रेसको नयाँ नेतृत्व चयन गर्ने छनर ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?