logo
२०८० चैत्र १६ शुक्रवार



नाइजेरियामा पनि भेटियो ओमिक्रोन

अन्तर्राष्ट्रिय |


नाइजेरियामा पनि भेटियो ओमिक्रोन


अबुजा, मङ्सिर १५ गते । कोरोनाभाइरसको नयाँ भेरियन्टका रुपमा देखिएको ओमिक्रोन भाइरस नाइजेरियामा पनि भेटिएको छ । अफ्रिकी देशहरु मध्ये सवैभन्दा धेरै जनसङ्ख्या भएको मुलुक नाइजेरियामा बुधबार ओमिक्रोनबाट सङ्क्रमित पहिलो विरामी भेटिएका हुन् ।

दक्षिण अफ्रिकाबाट फर्किएका तीन यात्रु मध्ये एक जनामा ओमिक्रोनको सङ्क्रमण पुष्टि भएको अधिकारीहरुले जनाएका छन् ।

नाइजेरियाको रोग नियन्त्रण केन्द्रका प्रमुख आइफेडायो अडेटीफाले भन्नुभयो, “हामीले गरेको परीक्षणबाट नाइजेरियामा पहिलो ओमिक्रोन सङ्क्रमित भेटिएको छ ।”उहाँले ती सङ्क्रमित व्यक्तिसँग सम्पर्कमा आएकाहरुको खोजी गरी उनीहरुलाई आइसोलेसनमा राखेर परीक्षण समेत गर्न लागिएको जानकारी दिनुभयो ।

“ओमिक्रोन विश्वभरीको चासो र सरोकारको विषय हो, त्यसैले पनि हामीले सतर्कता अपनाउनु र थप फैलिनबाट रोक्नु पर्दछ,” उहाँले भन्नुभयो । नाइजेरियामा कोरोनाभाइरसका कारण अहिलेसम्म दुई हजार ९७६ जनाको मृत्यु भएको र दुई लाख १४ हजार ११३ जना सङ्क्रमित भएको अधिकारीहरुले जनाएका छन् ।

तर कतिपयले भने सरकारी अधिकारीहरुले दिएको विवरण भन्दा धेरैको मृत्यु भएको र त्यो भन्दा धेरै सङ्क्रमित भएको दाबी गरेका छन् । कोरोनाभाइरसको परीक्षण निकै कम मात्रै भएकाले पनि सङ्क्रमित भएका र मृत्यु भएकाहरुको विवरण कम देखिएको उनीहरुको भनाइ छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?